नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन -अध्यक्षमा दीपक समीप
पोखरा, गण्डकी नेपाल
नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन -अध्यक्षमा दीपक समीप
प्रजातन्त्रवादी लेखकहरूको चौतारी ‘नेपाली लेखक सङ्घ’, गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। पोखरामा सम्पन्न उक्त अधिवेशनले प्रदेशभरिका साहित्यिक समुदायमा उत्साह र सक्रियता थपेको छ।
नयाँ कार्यसमिति:
- अध्यक्ष: दीपक समीप (लमजुङ, पोखरा कार्यरत)
- उपाध्यक्ष: लक्ष्मण थापा (कास्की)
- महिला उपाध्यक्ष: हिममाया पौडेल (कास्की)
- महासचिव: सञ्जीव पौडेल (कास्की)
- सचिव: मोती च्वाईं (पर्वत)
- कोषाध्यक्ष: चन्द्रावती वाग्ले (तनहुँ)
- सदस्यहरू: रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ), मणि डुम्रे (नवलपुर)
निर्वाचन समितिको संयोजकका रूपमा निवर्तमान सचिव गणेश शर्मा र सदस्यका रूपमा सङ्घका केन्द्रीय सदस्य अमृत क्षेत्री रहेर निर्वाचन सम्पन्न भएको थियो। समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको जनाएको छ।
अध्यक्षको प्रतिबद्धता:
अध्यक्ष निर्वाचित दीपक समीपले पद ग्रहण गर्दै संस्थाको गरिमा बढाउनर नेपाली साहित्य संस्कृतिलाई प्रवर्धन गर्न विविध साहित्यिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो।
अधिवेशनमा सम्बोधन गर्ने साहित्यकारहरू:
तीर्थ श्रेष्ठ, मिलन समीर, ईश्वरमणि अधिकारी, लक्ष्मीशरण अधिकारी र गणेश शर्मा लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए।
यसैगरी सङ्घले आफ्ना गतिविधि, सदस्यता प्रक्रिया र जिम्मेवारी स्पष्ट पारेको छ। सदस्यहरूले:
- साहित्यिक कार्यक्रमको आयोजना
- सदस्यहरूको तालिम र क्षमता विकास
- सामाजिक र साहित्यिक चेतना फैलाउने गतिविधिमा सक्रिय सहभागिता:
जस्ता कामहरूमा योगदान दिनुपर्नेमा जोड दिएको छ।। सदस्यहरूको सक्रियता, योगदान र अनुभवका आधारमा उच्च जिम्मेवारी निर्धारण गरिने पनि बताएको छ। साथै, सदस्यको विवरण, ठेगाना र गतिविधि अभिलेखमा सुरक्षित गरिनेछ- संघले जनाएको छ।
सङ्घको नयाँ कार्यसमितिले आगामी दिनमा साहित्यिक क्षेत्रमा अझ सक्रियता देखाउँदै लेखकहरूको सृजनात्मक योगदान र संस्थाको प्रतिष्ठा बढाउने लक्ष्य राखेको छ।
