अमेरिकामा फेरि गोलीकाण्ड, मोन्टानामा ४ जनाको ज्यान गयो

अमेरिकामा सार्वजनिक स्थलमा गोली चल्ने घटनाहरु रोकिएको छैन।
शुक्रबार बिहान मोन्टानाको एनाकोन्डा सहरस्थित द आउल बार मा गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ।

४५ वर्षीय माइकल पाउल ब्राउनले गोली चलाएको पहिचान प्रहरीले गरेको छ। उनी बार नजिकै बस्दै आएका थिए।

सुरक्षा निकायले क्षेत्रलाई नाकाबन्दी गरेर जंगली क्षेत्रमा संदिग्धको खोजी गरिरहेको छ।
स्वाट टिमले ब्राउनको घरमा तलासी लिएको छ। घटनाको थप अनुसन्धान जारी छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *