राष्ट्रपतिका राजनीतिक सल्लाहकारले पदबाट राजीनामा दिए
काठमाडौं –
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्। सक्रिय राजनीतिमा क्रियाशील रहनुपर्ने उद्देश्यसहित उनले राष्ट्रपतिको विज्ञ सल्लाहकारको जिम्मेवारी छोडेको जनाइएको छ।
थापाले आफूले दिएको राजीनामा स्वीकृत भइसकेको पनि स्पष्ट पारेका छन्। उनी १६ चैत २०७९ मा राष्ट्रपतिको सल्लाहकारको रूपमा नियुक्त भएका थिए। सो समय थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत थिए।
राजिनामा पछि थापाले सक्रिय राजनीतिमा फर्केर पार्टी र जनताको सेवा गर्ने योजना बनाइरहेको बताइएको छ।
