प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौं – भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौँ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भएको हो।

सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन्। भ्रमणको क्रममा मिश्रीले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गरी भारत फर्किने कार्यक्रम तय गरेका छन्।

आजको भेटवार्तामा दुवै पक्षले भ्रमणका एजेन्डासहित विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। मिश्रीको भ्रमण प्रधानमन्त्री ओलीको तयारीको लागि समेत योजना गरिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *