NEPAFE ले क्यानबेरामा अष्ट्रेलिया डे २०२६ समुदायिक कार्यक्रम आयोजना गर्दै 

KNA Canberra

Nepalese Association of Agriculture, Forestry and Environment in Australia (NEPAFE)ले अष्ट्रेलिया डे २०२६ को अवसरमा क्यानबेरामा विशेष समुदायिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम राष्ट्रिय नारा अनुसार “Reflect. Respect. Celebrate.” (चिन्तन गरौँ, सम्मान गरौँ, उत्सव मनाऔँ) भन्ने भावना सहित सञ्चालन गरिने आयोजकले जनाएको छ। 

यो कार्यक्रम आइतबार, २५ जनवरी २०२६, बिहान ११:०० बजे देखि क्यानबेरा स्थित The Hungry Buddha Restaurant Hall मा आयोजना हुनेछ। कार्यक्रमको उद्देश्य सांस्कृतिक आदान–प्रदान, सिकाइ तथा अष्ट्रेलियाको इतिहास को मन्थन तथा समुदाय बीचको सम्बन्ध सुदृढ गर्नु रहेको पनि जनाएको छ।

कार्यक्रमको प्रमुख आकर्षण Australian  Indigenous  (आदिवासी) र नेपाली सांस्कृतिक आदान–प्रदान कार्यशाला रहनेछ, जसलाई सम्मानित आदिवासी एल्डर ब्राड्ली बेलले सहजीकरण गर्नुहुनेछ। सहभागीहरूले क्यानबेराको महत्वपूर्ण ऐतिहासिक स्थल Lanyon Homestead को फिल्ड भ्रमणमा पनि सहभागी हुन पाउने छन्। भ्रमणपछि प्रतिबिम्बन सत्र र अनौपचारिक छलफल कार्यक्रमसमेत रहनेछ।

कार्यक्रममा दिउँसोको भोजन तथा नेटवर्किङको व्यवस्था गरिएको छ, जसले सहभागीहरूलाई आपसमा चिनजान र अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्नेछ।

NEPAFE ले समुदायका सदस्यहरू, परिवारजन तथा मित्रहरूलाई आपसी सम्मान, समझदारी र एकताको सन्देश बोकेको यस अर्थपूर्ण कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

दर्ता अनिवार्य रहेको हुनाले तलको लिङ्कमा गई आफ्नो उपस्थितिको लागि दर्ता गर्न हार्दिक अनुरोध गरिएको छ। र व्यवस्थित यातायातका लागि सिट संख्या सीमित रहेको जानकारी गराइएको छ।

कार्यक्रम दर्ता लिंक:
https://forms.gle/52SZDwiWb7u52X6S9

थप जानकारीका लागि:
सुजन न्यौपाने: ०४३१ ९८८ ०५०
डा. यकिन्द्र तिमिल्सेना: ०४५० ४९१ ९७६

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *