Latest Posts +

Popular Posts +

क्यानबेरामा ‘नेपाली लाजर नाइट्स’- चितवन क्यानबेरा ब्वाइजको आयोजना

Kendra news
August 19, 2025

क्यानबेरा, अस्ट्रेलिया — चितवन क्यानबेरा ब्वाइजले आयोजना गर्न लागेको विशेष सांगीतिक कार्यक्रम ‘नेपाली लाजर नाइट्स’ आउँदो अगष्ट २८ तारिख का दिन क्यानबेरा स्थित लेकसाइड गोर्खाज मा हुने भएको छ। कार्यक्रममा चितवन मेलबर्न ब्वाइज, चितवन सिड्नी ब्वाइज एवं विभिन्न संस्थाका प्रतिनिधिको आतीत्यथा रहनेछ। 

अष्ट्रेलियामा बसोबास गर्ने चितवनका युवाहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले चितवन सिड्नी बोइज नामक समूहले संस्थागत यात्रा अघि बढाएको छ। संस्थाले विशेषगरी अष्ट्रेलियामा अध्ययन, रोजगारी वा अन्य कारणले आएका युवाहरूलाई एकआपसमा जोड्ने, सहयोग गर्ने र सामूहिक पहिचान स्थापित गर्ने उद्देश्य लिएको जनाएको छ।

संस्थाका अध्यक्ष निशान पौडेलका अनुसार विद्यार्थी जीवनमा अष्ट्रेलियामा बस्दै गर्दा धेरै चुनौतीहरू आउने गर्छन्। उनी भन्छन्:

 “चितवनबाट अष्ट्रेलिया आएका सबै दाजुभाइ, दिदीबहिनीहरूलाई संस्थामा आबद्ध भई सँगै अघि बढ्न आग्रह गर्दछु। विद्यार्थी जीवनमा भोगिने समस्या तत्काल कसैसँग बाँड्न सकिने सहज वातावरण निर्माण गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”

चितवन सिड्नी बोइजले आगामी दिनहरूमा सामाजिक, सांस्कृतिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ। संस्थाले अष्ट्रेलियाभरिका नेपाली समुदायलाई लक्षित गरी विविध कार्यक्रम गर्ने योजना बनाएको छ। यसअन्तर्गत सांस्कृतिक महोत्सव, खेलकुद गतिविधि, अन्तरक्रियात्मक कार्यक्रम तथा मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ।

यसैगरी समूहले अष्ट्रेलियाभर युवालाई जोड्ने गरी शाखा विस्तार र सहकार्य कार्यक्रम गर्ने तयारी समेत गरिरहेको छ। संस्थाका पदाधिकारीहरूका अनुसार, यसले चितवनका मात्र नभई सम्पूर्ण नेपाली युवाबीच आपसी सहयोग र एकताको सन्देश फैलाउनेछ।

नेपाली समुदायमा सक्रिय भूमिकासहित देखा परेको चितवन सिड्नी बोइजको यो पहलले युवा पुस्तामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थी र युवाहरूलाई जोडेर सामूहिक पहिचान निर्माण गर्ने यो अभियानले सामाजिक एकता, सांस्कृतिक पहिचान र मानसिक स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

 चितवन क्यानबेरा ब्वाइजले आयोजना गर्न लागेको विशेष सांगीतिक कार्यक्रम ‘नेपाली लाजर नाइट्स’ कार्यक्रमको पार्टनरहरू तथा सपोर्टरमा लेकसाइड गोर्खाज, चितवन ब्रुअिङ, चितवन राहिनोज,चितवन सिड्नी ब्वाइज, चितवन मेलबोर्न ब्वाइज , मेभेन कन्सल्टिङ समूह , क्यापिटल ट्रान्सपोर्ट एन्ड रिमुभल सर्भिसेस , गोर्खा लिक्वर, क्यापिटल लाफिङ, क्लाउड एजुकेशन एण्ड भिसा, कोकुन एजुकेशन एण्ड माइग्रेशन, टिक्सर्ट रहेका छन् । 

कार्यक्रमका आयोजक चितवन क्यानबेरा ब्वाइजका अनुसारका कार्यक्रममा नेपाली लाजर नाइट्स सँगै नेपाली सांगीतिक (संगीत, नृत्य र मनोरञ्जन) माहोल अनि समुदायलाई एकअर्कासँग परिचित गराउने सँगै सामुदायिक हातेमालो गर्ने उद्देश्य रहेको बताउनुभएको छ। 

कार्यक्रममा समुदायलाई एकै ठाउँमा ल्याई नेपाली संस्कृति, संगीत र मैत्रीपूर्ण वातावरणमा रमाउन पाउने अवसर हुने अपेक्षा गरिएको छ। साथै, कार्यक्रमको सम्पूर्ण गतिविधि, कलाकारहरूको विशेष कुराकानी, प्रत्यक्ष अपडेट र विशेष झलकहरू प्रो फोटोग्राफी र भिडियोग्राफी सहित विभिन्न माध्यम मार्फत् सार्वजनिक गरिनेछ।

स्थान: लेकसाइड गुर्खाज, क्यानबेरा
मिति: अगष्ट २८, २०२५
आयोजक: चितवन क्यानबेरा ब्वाइज

समय: साँझ ५ बजेदेखि

आफ्नो स्थान सुरक्षित गर्नको लागि निम्नलिङ्कमा गएर बुकिङ गर्न सक्नुहुनेछ।

बुकिङको लागि लिङ्क:

https://docs.google.com/forms/d/e/1FAIpQLSczy5aOr5HAYJbD4Zpm-jM9IPL9uensXABBpxvWR5dep5G3lQ/viewform

Comments

Trending