नेपाल विशेष आज (मिति ३१ डिसेम्बर २०२५ )को अपडेट 

नयाँ वर्ष सन् २०२६ को हार्दिक शुभकामना। 

नेपाल विशेष अपडेट 

मिति ३१ डिसेम्बर २०२५ 

नयाँ वर्षसँगै ‘सिभिलियन फोर्स’ गठन गर्ने : सुदन गुरुङ

काठमाडौं । जेन्जी अभियन्ता सुदन गुरुङले नेताहरूलाई सचेत गराउने, उनीहरूको कार्य–क्रियाकलापको अध्ययन गर्ने र आवश्यक सुझाव दिने उद्देश्यले ‘सिभिलियन फोर्स’ नामक नयाँ फोर्स नयाँ वर्षसँगै गठन गरिने घोषणा गरेका छन्।

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच बुधबार ६ बुँदे सम्झौतामार्फत एकता भएको छ। देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले दुवै पार्टी एकीकृत भएका हुन्।

रास्वपाको समानुपातिक बन्दसूची सच्याइने-सभापति रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटि सच्याइने प्रतिबद्धता जनाएका छन्। मङ्गलबार पोखरामा उनले समय अभाव र प्राविधिक कारणले केही समस्या आएको स्वीकार गर्दै आवश्यक सुधार गरिने बताएका हुन्।

कांग्रेसमा विशेष महाधिवेशन आह्वानको तयारी

काठमाडौं । १५ औं नियमित महाधिवेशन समयमै हुन नसक्ने भएपछि नेपाली कांग्रेसले विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेको छ। महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आवश्यक भएको बताएका छन् भने संस्थापन पक्ष र सभापति शेरबहादुर देउवा यसका पक्षमा छैनन्।

कांग्रेसको आन्तरिक विवाद अन्त्य गरी निर्वाचनमा जानु पर्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रका विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा समाप्त गरी आगामी निर्वाचनमा एकताबद्ध भएर होमिनु पर्ने बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा उनले लोकतन्त्रको रक्षा र भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न कांग्रेससहित सबै नेपाली एकजुट हुन आवश्यक रहेको उल्लेख गरेका छन्।

सरकार–जेनजी १० बुँदे सम्झौताविरुद्धको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं । सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौताविरुद्ध दायर रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइने भएको छ। पुस ३ गते दायर रिट सोमबारको इजलासमा सुनुवाइका लागि तोकिए पनि समय अभावका कारण हेर्न नसकिएको हो।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *