Latest Posts +

Popular Posts +

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी

Kendra news
September 8, 2025

पोखरा — कास्की प्रशासनले पोखरा महानगरका केही क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ। यो कदम जेन–जीको प्रदर्शन अनियन्त्रित बन्दै गएका कारण उठाइएको हो।

जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले निषेधाज्ञा आज दिउँसो २ बजेदेखि लागु भएको जानकारी दिएका छन्। प्रशासनका अनुसार, महानगर क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, झडप र हुलदंगालाई रोक्न यो निर्णय गरिएको हो।

निषेधाज्ञा शहिदचोक वरिपरिका क्षेत्रहरूमा लागू गरिएको छ। पूर्वतर्फ वाईचोक, उत्तरतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय, र दक्षिणतर्फ राष्ट्रबैंक चोकसम्म (दक्षिण–पश्चिमतर्फ पर्यटन बोर्ड कार्यालय अगाडिसम्म) क्षेत्रलाई चार किल्ला भित्र राखिएको छ।

प्रशासनले स्पष्ट चेतावनी दिएको छ कि निषेधाज्ञा उल्लङ्घन गरे कानुनी कारबाही हुनेछ।

Comments

Trending