सूचना
केन्द्र न्युज -त्रिवेणी नेपाल चिनारी पुरस्कार विविध प्राविधिक तथा सामाजिक समस्याको कारण वर्तमान समयको लागि स्थगित गरिएको छ丨 SSDRC KTM लाई उपलब्ध गराउने सक्ने सहयोग बाहेक यससँग सम्बन्धित सबै कार्यक्रम स्थगित भएको छ丨
केन्द्र न्युज -त्रिवेणी नेपाल चिनारी पुरस्कार विविध प्राविधिक तथा सामाजिक समस्याको कारण वर्तमान समयको लागि स्थगित गरिएको छ丨 SSDRC KTM लाई उपलब्ध गराउने सक्ने सहयोग बाहेक यससँग सम्बन्धित सबै कार्यक्रम स्थगित भएको छ丨
दसन्दर्भ प्रेम दिवस मुक्तक जबजब हरेक व्यवधानले खुशी हुने सबै बाटो थुन्छ तब समस्यामा डुबेकोलाई जिन्दगीको महत्त्व थाहा हुन्छ न फाल्न न राख्न मिल्ने लाचार जिन्दगीमा कति कुराले समस्या समाधानको बाटो तय नहुँदा सबको आत्मा रुन्छ । २) नछुट्टिने कसम खाँदै ~ अब प्रिया घर जोड्नुपर्छ एक अर्काका प्रेमिल जोडी बनि यी अधर जोड्नुपर्छ सद्भावना,…
–नारद आचार्य सुदामा-अमेरिका प्रणय दिवस विशेष मुक्तक प्रतियोगिता दोहोरी॥ १ मुक्तक प्रेमको नशा पिलाएर मतायौँ, प्रेम दिवसको शुभकामना छड्के नयनका तीरले सतायौँ, प्रेम दिवसको शुभकामना तिमी मेरो हारको जीत हौ, अमर सङ्गीतको मिठो प्रीत हौ, मायाको एक मुस्कानले ततायौँ, प्रेम दिवसको शुभकामना। ✍️नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका प्रति उत्तर यो च्यातिएको पाना अब…
जेनवरीौ २१ ह्यारिस्वर्ग पेन्सलभेनिया लिहाइ ह्युनिबर्सिटीको अनुदानमा बिसिसिपी द्वारा संचालित भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न भएको छ । लिहाइ ह्युनिबर्सिटीको अनुदानमा बिसिसिपी द्वारा संचालित भलाकुसारीको २०२६ को पहिलो बैठक सम्पन्न भएको छ । क्याब (Community Advisory Board ) प्रत्यक्ष रूपमा उपस्थित भएको पाँचौँ बैठक हो । क्याब सदस्यहरु बसुधा रिजाल केशव बैरागी माइलो ,मानधोज…
-Artical by Puja Thapa Harrisburg PA January 5th 2026 Bhalakushari: Starting Conversations in the Community Bhalakushari, an endearing Nepali term meaning “casual conversations,” has become a household word among the Bhutanese community in Central Pennsylvania over the past year. Project Bhalakushari, a research collaboration between Lehigh University and its community partner Bhutanese Community in Harrisburg…
गण्डकीपुत्र मेरा आँखाले देखेको पोखरा पानीको शहर , गुफाहरुको शहर , मुक्तकको शहर , तालहरुको शहर । पोखरालाई अनेक नामले चिनिन्छ । पोखरा घुम्ने अवसर पर्खिरहेको थिएँ । एउटा ब्यापारिक कम्पनीको बजार ब्यवस्थापकको काम आइलाग्यो र पोखरालाई लक्ष बनाएर घरबाट निस्किए बिराटनगरबाट नारायणघाटको टिकट लिएर बसमा चढें । ठाउँठाउँमा यात्रु ओराल्ने र चढाउँने गर्दै बसले…
गण्डकीपुत्र । आज योर्कमा हिउँ पर्यो । पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गबाट गाडीमा ३० मिनट दक्षिणको यो सानो शहरको ग्रामिण क्षेत्रमा म बस्छु । बिहान उठेर झ्यालको पर्दा खोले । सारा संसार सेताम्मे थियो । अब केही समय कम्तिमा तीन महिना यो जङ्गल , बाटो र चौर हिउँले ढाकिन्छ । बाहिर गाडी हेरे हिउँ भित्र त्यो…
नारद आचार्य सुदामा नवम्बर २०-२०२५ अमेरिका नेपाली साहित्यको जरा मानिने ऐतिहासिक सिंजा क्षेत्रको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित सिंजा साहित्य प्रतिष्ठान औपचारिक रूपमा दर्ता हुने तयारीमा छ। प्रतिष्ठानको अध्यक्षमा निर्मल रोकाया, संस्थापकका रूपमा नबिन रोकाया, र सचिवमा धीरज प्रताप मल्ल ठकुरी चयन भएका छन्। संस्थाले ‘हाम्रो साहित्य, हाम्रो शान—नेपाली साहित्यमा सिङ्जाको पहिचान’ भन्ने नारालाई…
लघुकथा शीर्षकः अदृश्य नारदप्रसाद आचार्य ‘सुदामा’ – “तिमीलाई दुईटा खबर छ ।” एका बिहानै मलाई फोनले झस्कायो । धेरै दिनपछि अमरले मलाई सम्झेका थिए । उनी बेला–बेला समीरका खुसी ल्याउँथे । समीर एक आदर्शवादी मित्र थिए । उनको प्रशंसा साथीभाइ माझमा चुलिएको थियो । अमेरिकी जीवन अति व्यस्त ! साथीभाइसँग भेटघाट गर्ने मसँग फुर्सदै हुन्नथ्यो…
साहित्य परिषद्, भूटान मिति: २०२५ अक्टोबर २९ मुनास्मृति कथा पुरस्कार–२०२५ स्रष्टा कृष्ण सुब्बालाई आदरणीय सञ्चारकर्मीज्युहरू, आख्यान विधाका उत्कृष्ट कृतिलाई सम्मानित गर्ने उद्देश्यले घिमिरे परिवारका तर्फबाट निवर्तमान साहित्य परिषद्का सभापति श्री भक्त घिमिरेद्वारा सन् २०१८ मा स्थापना गरिएको “मुनास्मृति कथा पुरस्कार” यस वर्ष नेब्रास्का निवासी स्रष्टा श्री कृष्ण सुब्बाको कथा–सङ्ग्रह “सञ्चमान ज्यो ज्यो” लाई प्रदान गरिने…
ह्यारिसबर्ग (पेन्सिलभेनिया, अमेरिका), असोज २०८२। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा त्रिवेणी साहित्य मञ्च, ह्यारिसबर्गले विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्देश्य देवकोटाको जीवनदर्शन र मानवतावादी सोचलाई सम्झना गर्दै नेपाली साहित्य, कला, र संस्कृतिमा समुदायको रुचि बढाउनु हो। कार्यक्रम आगामी अक्टोबर १९, २०२५ (आइतबार) का दिन बिहान ११:०० बजे देखि दिउँसो १:००…
नाराद आचार्य -अमेरिका अक्टुबर ०६ त्रिवेणी साहित्य मञ्च अमेरिकाले निम्न समय, मिति र स्थानमा ११६ औं लक्ष्मी जयन्ती कार्यक्रमको भव्य रूपमा आयोजन गरेको छ। उक्त समारोहमा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक आमन्त्रण गर्दछौं। “हातका मैला सुनका थैला, के गर्नु धनले साग र सिस्नो खाएकै वेस, आनन्दी मनले” मितिः 10-19-2025-Sunday समयः 11:00AM-01:00PM स्थानः 200 N 34th…