|

X15ventures र Triple Bubble बीच रणनीतिक साझेदारी- Commonwealth Bank

X15ventures र Triple Bubble बीच रणनीतिक साझेदारी- जसले अष्ट्रेलियाली फिनटेक क्षेत्रमा नवीनता प्रवर्द्धन हुनेछ ।

बिहीबार, १८ सेप्टेम्बर २०२५

Commonwealth बैंकको भेञ्चर–स्केलिङ शाखा x15ventures ले फिनटेकमा केन्द्रित लगानी कोष Triple Bubble सँग साझेदारी गरेको छ। दुवै संस्थाबीचको यो रणनीतिक सहकार्यले अष्ट्रेलियाको फिनटेक क्षेत्रमा नवीनता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ।

साझेदारीअन्तर्गत नयाँ लगानी, x15 को bank-safe venture stack मार्फत सम्भावित फिनटेक अवसरहरूको खोजी, र आपसी mentorship तथा talent exchange कार्यक्रम सञ्चालन गरिनेछ। यसले स्टार्टअपहरूलाई ठूलो संस्थागत अनुभव प्राप्त गर्न र बैंकका उदाउँदा कर्मचारीलाई उच्च-वृद्धि भएका उद्यमभित्र प्रत्यक्ष अनुभव लिन अवसर दिने अपेक्षा गरिएको छ।

x15 का प्रबन्ध निर्देशक टोबी नर्टन–स्मिथ का अनुसार, स्टार्टअपहरूलाई बढ्न मद्दत गर्ने मोडेल पहिले नै प्रभावकारी साबित भए पनि अझ सुधारको आवश्यकता रहन्छ। उनले भने, “Triple Bubble सँगको सहकार्यले कार्पोरेट र स्टार्टअपबीच पुलको रूपमा हाम्रो भूमिकालाई अझ मजबुत बनाउँछ, जसले नयाँ उद्यम अवसर खोल्नेछ र दुवै पक्षलाई परस्परपूरक सीप सिक्ने अवसर दिनेछ।”

source:www.cba.com.au

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *