|

मुग्लिन–नारायणघाट सडक ५० घण्टापछि आंशिक रूपमा खुलेको छ

काठमाडौं — चितवनको तुइन खोला नजिक गएको शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडक करिब ५० घण्टापछि आइतबार दिउँसो एकतर्फी सञ्चालनमा आएको छ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार निरन्तर पहिरो खसेका कारण सडक लामो समय बन्द रह्यो। आइतबार दिउँसोसम्ममा सडकको एक भाग खुलाइएपछि सवारीसाधनलाई पालैपालो पास गर्न सुरु गरिएको छ।

सडक अवरुद्ध हुँदा यात्रु र मालवाहक सवारी साधनलाई ठूलो असुविधा भएको थियो। पहिरो गएको स्थान मुग्लिनबाट करिब दुई दशमलव पाँच किलोमिटर नारायणगढतर्फ पर्छ।

सडक आंशिक रूपमा खुले पनि वर्षायाममा थप पहिरो खस्ने सम्भावना भएकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *