नेपाल स्थित जेन्जीका प्रतिनिधिहरूद्वारा राष्ट्रपतिसमक्ष ज्ञापनपत्र पेश -सरकारलाई फिर्ता बोलाउन सुझाव

काठमाडौं ,नेपाल —

हिजो र आज जनकपुरमा भएको घटनापछि केही जेन्जीका प्रतिनिधिहरूद्वारा गम्भीर असन्तोष व्यक्त गर्दै राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा उनीहरूले सरकार र प्रशासनको उपेक्षा, विपक्षी गतिविधि नियन्त्रणमा कमजोरी, घाइतेको उचित उपचार नपाउनु, प्रभावित परिवारलाई क्षतिपूर्ति नपाउनु जस्ता मुद्दामा ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिहरूले दोषीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न, घाइतेलाई तत्काल र उचित उपचार उपलब्ध गराउन, र प्रभावित परिवारलाई न्यायोचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन्। साथै, आवश्यक परे सरकारले विफलता देखाएको विषयमा समयमै कदम चाल्न राष्ट्रपतिसमक्ष आग्रह गरिएको छ।प्रतिनिधिहरूले घटनाप्रति प्रशासन र सुरक्षा निकायको प्रभावकारी जवाफ आवश्यक रहेको बताएका छन्।

भाद्र २३ र २४ गते भएको विद्रोहको जडमा बनेको यो सरकारले विद्रोही पक्षको मागहरू:

  •  भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही
  •  प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन
  •  यस विद्रोहमा भएको नरसंहारमा संलग्नलाई कारबाही
  •  घाइतेको शीघ्र उपचार
  • सहिद परिवारलाई उचित क्षतिपूर्ति 

जस्ता माग यथाशीघ्र सम्बोधन नगरी चुनाव मात्र ध्यान केन्द्रित गर्ने हो भने सरकारलाई फिर्ता बोलाउन राष्ट्रपति समक्ष आग्रह गरेका छन् र जेन्जीहरूको नेतृत्वमा नयाँ सरकार गठनको लागि उचित भूमिका खेलिदिन निवेदन गरेका छन्। 

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *