अष्ट्रेलियाका प्रधानमन्त्री Anthony Albanese र Jodie Haydon बीच क्यानबेरामा वैवाहिक समारोह
२९ नोभेम्बर २०२५, क्यानबेरा —
अष्ट्रेलियाका प्रधानमन्त्री Anthony Albanese ले आफ्नी जीवनसाथी Jodie Haydon सँग क्यानबेरास्थित आधिकारिक निवास “ The Lodge” मा आयोजित एक पारिवारिक तथा सानो समारोहमार्फत विवाह सम्पन्न गरेका छन्। पदमा रहँदा वैवाहिक बन्धनमा बाँधिने उनी अष्ट्रेलियाका पहिलो प्रधानमन्त्री बनेका छन्, जसले यस घटनालाई ऐतिहासिक बनाएको छ।
परिवार र नजिकका केही व्यक्तिहरू मात्र उपस्थित रहेको वैवाहिक कार्यक्रम सरल, आत्मीय र सौम्य वातावरणमा सम्पन्न भएको बताइएको छ। औपचारिक भव्य भोज वा ठूलो सार्वजनिक कार्यक्रमको सट्टा दम्पतीले अत्यन्त निजी शैलीमा विवाह गर्ने निर्णय गरेका थिए।समारोहमा दुवैले एक-अर्काका लागि व्यक्तिगत रूपमा तयार पारिएका प्रतिज्ञा,बाचा,आशीर्वाद समेत आदान–प्रदान गरेका थिए।
विवाहको तयारी सुरुमा ठूलो समारोह बीच गर्ने विचार भए पनि अन्ततः दुबै जनाले सानो र मर्यादित कार्यक्रमलाई प्राथमिकता दिएको पाइन्छ।। उनीहरूको यो निर्णय व्यक्तिगत महत्त्व र सार्वजनिक अपेक्षाबीचको सही सन्तुलन प्रयासको रूपमा हेरिएको छ। धेरैले अहिलेको आर्थिक चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै दम्पतीले सादगी र संवेदनशीलता देखाएको टिप्पणी गरेका छन्।Engagement भएको (१४ फेब्रुअरी २०२४) झन्डै १८ महिना पछि यो वैवाहिक समारोह सम्पन्न भएको हो।
राजनीतिक विश्लेषकहरूले विवाहलाई व्यक्तिगत उपलब्धि मात्र होइन, अनिश्चितता र परिवर्तनको समयमा नेतृत्वलाई अझ मानवीय स्वरूपमा प्रस्तुत गर्ने एउटा महत्वपूर्ण क्षणको रूपमा व्याख्या गरेका छन्।ऐतिहासिक महत्व हुँदाहुँदै पनि, सरकारी अधिकारीहरूले नजिकै कुनै ठूलो औपचारिक स्वागत समारोह वा सार्वजनिक उत्सवको योजना नरहेको जनाएका छन्।
