केन्द्रीय अध्यक्ष किरण शर्मा ज्यूद्वारा ललितपुर होस्टल व्यवसायी संघ जिल्ला कार्यालय उद्घाटन
ललितपुर,नेपाल
ललितपुर होस्टल व्यवसायी संघ, नेपालको जिल्ला कार्यालय अन्तर्गत नयाँ कार्यालयको भव्य समुद्घाटन कार्यक्रम केन्द्रीय अध्यक्ष किरण शर्माज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम जिल्ला अध्यक्ष सिन्धु मल्ल ज्यूको सक्रिय पहल तथा केन्द्रीय अध्यक्ष किरण शर्माज्यूको विशेष सहयोगमा आयोजना गरिएको हो। यस सँगै ललितपुर जिल्लामा सञ्चालित होस्टल व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसाय मैत्री बनाउने अपेक्षा गरिएको छ।
समुद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष किरण शर्माज्यूले होस्टल व्यवसायीहरूको हकहित संरक्षण, नीति निर्माणमा सहभागिता, गुणस्तरीय सेवा प्रवर्द्धन तथा व्यवसायीबीच एकता मजबुत बनाउने विषयमा संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने सबै पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो।
कार्यक्रमले संघको संगठनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै ललितपुर जिल्लामा होस्टल व्यवसायको दीगो विकासका लागि नयाँ ऊर्जा थपेको सहभागीहरूको धारणा रहेको थियो।
आगामी दिनहरूमा पनि संघले व्यवसायीहरूको समस्या समाधान, तालिम, समन्वय तथा सहकार्यका माध्यमबाट अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
