|

क्यानबेरामा सेप्टेम्बर ४ मा कृष्ण जन्माष्टमी महोत्सव

क्यानबेरा — सनातन समाज अष्ट्रेलियाले क्यानबेरामा श्री कृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्ने भएको छ। महोत्सव आगामी शुक्रबार, ४ सेप्टेम्बर २०२६ मा आयोजना हुनेछ।

आयोजकका अनुसार कार्यक्रम दिउँसो ३ बजेदेखि राति १० बजेसम्म Canberra Greyhound Racing Club, 235 Narrabundah Lane, Symonston मा सञ्चालन हुनेछ।

महोत्सवमा भजन–कीर्तन, नाटक, झाँकी, कृष्ण पूजा, कृष्ण झूला तथा डण्डी नाच लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। सहभागीहरूका लागि भोजन प्रसादको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सनातन समाज अष्ट्रेलियाले भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा श्रद्धालु तथा समुदायका सदस्यहरूलाई सहभागी हुन आमन्त्रण गरेको छ। कार्यक्रमसम्बन्धी विवरण आयोजकको इभेन्ट पेजमा पनि उपलब्ध छ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *