Latest Posts +

Popular Posts +

भूमिनन्द-धौलीदेवीफाउन्डेसन- नेपालको विद्यार्थीहरूको लागि छात्रवृत्तिआवेदनफारम – २०८२खुला 

Kendra news
April 24, 2025

Canberra, Australia

भूमिनन्द धौलीदेवी फाउन्डेसन अस्ट्रेलियामा दर्ता भएर अस्ट्रेलियामा च्यारिटी मार्फत विभिन्न सहयोग गर्ने योजना गरेको फाउन्डेसन हो। अस्ट्रेलिया बाहेक यसले नेपालमा पनि आर्थिक सहयोग गर्ने योजना गरेको छ। नेपालमा जो विद्यार्थी आर्थिक हिसाबले पछाडि छन् उनीहरुलाई वार्षिक पठनपाठनको लागि सहयोग र सरकारी स्कुलमा न्युमेरेसी शिक्षाको स्तर उन्नतिको  लागि सल्लाह-सुझाव सँगै आर्थिक सहयोग गर्ने उद्देश्य प्रमुख रहेको छ। 

यस वर्षको लागि नेपालमा जो विद्यार्थी सामुदायिक स्कुलमा अध्ययनरत छन् र आर्थिक हिसाबले पठनपाठन समस्यामा परेका छन्। उनीहरूलाई आर्थिक सहयोगको लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। उक्त आवेदन सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले तलको लिङ्कमा गएर आवेदन भर्न सक्नुहुनेछ।

Bhuminand Dhaulidevi Scholarship Application Form – 2082

https://forms.gle/tPT31pAxd8CtuG7m8

यो लगायत फाउन्डेसनले विद्यालयको समग्र शैक्षिक स्थिति: अहिलेको विश्वव्यापी तथ्याङ्क अनुसार  STEAM  Education (Science, Technology, Engineering, art & Mathematics) जस्ता महत्वपूर्ण विषयमा दक्षता श्रेणी थोरै हुँदै गएको अवस्थामा  यसमा कसरी बढी सहभागिता गराई उपलब्धिमूलक तथा गुणस्तरीय बनाउन सकिन्छ  त्यो अनुसन्धान पश्चात के के सहयोग आवश्यक रहन्छ उक्त विद्यालयलाई   सहयोग गर्ने  योजना रहेको फाउन्डेसनका प्रमुखले जानकारी दिनुभयो ।

आफ्ना मातापिताको नामबाट डाक्टर तिमील्सेना ले च्यारिटी फाउन्डेसन सुरु गर्नुभएको छ। यो अस्ट्रेलियाको कानुनी रूपमा च्यारिटीमा दर्ता भएकोले यदि कुनै व्यावसायी वा इच्छुक दाताले अनुदान गरेमा उहाँको वार्षिक करमा मिलान गर्न सकिन्छ। 

अहिले यो च्यारिटी फाउन्डेसन फन्डिङको लागि My Giving Circle ग्रुपसँग जोडिएको हुनाले यदि कोही व्यक्तिले भोटिङ गरेर यो फाउन्डेसनलाई मद्दत गर्न सक्नुहुनेछ।

भोटिङको लागि यो लिङ्क : https://mygivingcircle.org/vote

 वर्तमानमा यस फाउन्डेसनको कार्यसमितिहरू निम्न अनुसार रहनुभएको छ। 

Chairperson: Dr. Yakindra Timilsena

Secretary: Dinesh Bajgain

Treasurer: Yobin Timilsena

Committee Member: Ashutosh Bhatt

Committee Member: Ishwor Thapa

Comments

Trending