बस दुर्घटनाप्रति हार्दिक समवेदना

 

 

 


बस दुर्घटनाप्रति हार्दिक समवेदना सम्बन्धमा।

बैतडी जिल्ला, पुर्चौडी नगरपालिका–७ (बड्गाउँ/कोटिला क्षेत्र) मा हिजो साँझ भएको जन्ती बोकेको बस दुर्घटना अत्यन्तै दुःखद, पीडादायी तथा हृदयविदारक घटना भएकोप्रति पुर्चौडी साहित्य संस्थान गहिरो दुःख व्यक्त गर्दछ।
प्राप्त आधिकारिक विवरणअनुसार उक्त दुर्घटनामा हालसम्म १३ जना व्यक्तिले ज्यान गुमाउनु भएको तथा ३४ जना घाइते हुनु भएको जानकारी प्राप्त भएको छ। यस घटनाले पीडित परिवारजनलाई मात्र नभई सम्पूर्ण क्षेत्र तथा समाजलाई समेत शोकमग्न बनाएको छ।
पुर्चौडी साहित्य संस्थान, यस दुःखद दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ। साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दछ।
यस प्रकारका दुःखद घटनाहरू भविष्यमा पुनः नदोहोरिनका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरूबाट सवारी साधनको सुरक्षा, सडकको अवस्था, चालकको सतर्कता तथा नियमनमा थप गम्भीरता अपनाइयोस् भन्ने हाम्रो विनम्र अनुरोध छ।
अन्त्यमा, ईश्वरले दिवङ्गत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारजनलाई यो असह्य पीडालाई सहन गर्ने धैर्य, शक्ति र साहस प्रदान गरून् भन्ने कामना गर्दछौँ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *