क्यानबेरा, अष्ट्रेलिया – जलवायु परिवर्तनको सामना गर्ने र घरधनीहरूको ऊर्जा खर्च घटाउने उद्देश्यले अष्ट्रेलियाको राजधानी क्यानबेरामा ACT राज्य सरकारले ‘Sustainable Household Scheme’ अन्तर्गत नयाँ आर्थिक सहायता कार्यक्रम ल्याएको छ। यस कार्यक्रमले घरमा सोलार प्यानल र ब्याट्री स्टोरेज जडान गर्न चाहनेलाई आर्थिक रूपमा प्रोत्साहित गर्नेछ। यसले घरधनीहरूलाई सोलार र ऊर्जा कुशल प्रणाली जडान गर्न शून्य ब्याज ऋण र नगद अनुदान उपलब्ध गराउँछ, जसले दीर्घकालीन रूपमा विद्युत् बिल घटाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
यसका मुख्य विशेषताहरू:
- $15,000 सम्मको शून्य ब्याज ऋण सुविधा उपलब्ध छ, जसले उच्च upfront लागतलाई कम गर्छ।
- “Solar for Apartments” कार्यक्रम अन्तर्गत अपार्टमेन्टमा बस्नेहरू र भाडामा बस्नेहरूको लागि सोलार प्रणाली जडानमा सहुलियत दिइन्छ।
- “Home Energy Support Program” विशेष गरी सामाजिक सुरक्षा लाभ लिने परिवारहरूलाई लक्षित गरी उनीहरूको ऊर्जा पहुँच सुधार गर्ने योजना हो।
- ACT सरकारले सन् 2045 सम्म कार्बन न्यूट्रल क्षेत्र बन्ने लक्ष्य राखेको छ, जस अन्तर्गत नवीकरणीय ऊर्जा प्रणालीहरूको व्यापक प्रयोगलाई प्राथमिकता दिइनेछ।
थप जानकारीको लागि: climatechoices.act.gov.au मा सम्पर्क गर्न सकिन्छ।
यसै सन्दर्भमा नेपाली समुदायका एक युवा जोसँग सोलार र ब्याट्री प्रणालीको डिजाइन, परामर्श र जडानमा ४ वर्षभन्दा बढी अनुभव छ, जसले ग्राहकलाई सम्पूर्ण सेवा एकै ठाउँबाट उपलब्ध गराउँछन् ।उनै Electrical Engineer, Renewable Energy Consultant श्री रमेश बेलबासे ज्यूसँग गरिएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
प्रश्न १: मध्यम आय भएको परिवारका लागि यो योजना कति उपयोगी हुन्छ?
मध्यम आय भएका परिवारहरूलाई दैनिक बिजुली खर्चमा ठूलो राहत दिन rooftop solar system अत्यन्त उपयोगी हुन्छ। चार जनाको परिवारमा विशेष गरी गर्मी याममा सोलारबाट ८० देखि ९० प्रतिशत बिजुली आपूर्ति गर्न सकिन्छ। जाडोमा जति बिजुलीको खपत बढी हुन्छ, ब्याट्री स्टोरेजले ग्रिडमा निर्भरता घटाउन मद्दत गर्छ। यस्तो प्रणालीले न केवल ऊर्जा खर्च घटाउँछ, तर विद्युत् आपूर्तिमा विश्वसनीयता पनि ल्याउँछ।
सल्लाह: घरको हालको बिजुली खपतको प्रोफाइल विश्लेषण गरी दीर्घकालीन आवश्यकता अनुसार प्रणाली डिजाइन गरौं। स्केलेबिलिटी भएकाले भविष्यमा ब्याट्री वा EV चार्जर जडान गर्न सजिलो हुन्छ।
प्रश्न २: सोलार प्रणाली डिजाइन गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरू के हुन्?
सोलार प्रणाली प्रभावकारी र दिगो बनाउन यी पक्षहरू महत्त्वपूर्ण हुन्छन्:
- घरको दैनिक तथा वार्षिक बिजुली खपत (KWH) र बढी लोड पर्ने समयको विश्लेषण
- छानाको दिशा (orientation), कोण (tilt), र उपलब्ध छानाको क्षेत्रफल, जुन सोलार प्यानल लगाउन उपयुक्त हुन्छ
- तपाईंको बजेट र त्यहाँ उपलब्ध rebate/loan विकल्पहरू बुझ्नु अत्यावश्यक छ ताकि सही आर्थिक निर्णय लिन सकियोस्।
- भविष्यमा EV चार्जर वा थप ब्याट्री एकीकरण गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर लचिलो डिजाइन बनाउने।
प्रश्न ३: सरकारी अनुदान नपाए पनि सोलार जडानको लागत र बचत कति हुन्छ?
सोलार जडानको प्रारम्भिक लागत:
- 6.6 KW सिस्टम (बिना ब्याट्री): AUD $4,500 देखि $6,500 सम्म
- 10 KW सिस्टम र 10 KWH ब्याट्री सहित: AUD $11,000 देखि $15,000 सम्म
वार्षिक बचतको हिसाबले:
- औसतमा प्रति वर्ष AUD $1,200 देखि $2,000 सम्म ऊर्जा बिलमा कटौती हुन सक्छ।
- स्मार्ट मीटर र नेट मीटरिङले ७०% देखि ९०% सम्म ऊर्जा बिल घटाउन सहयोग पुर्याउँछ।
- ब्याट्री प्रणालीले उच्च ट्यारिफ समयको लागत घटाउँछ, blackout समयमा बिजुली आपूर्ति जारी राख्छ र घरमा सौर्य ऊर्जा बढी उपभोग गर्न सक्षम बनाउँछ।
प्रश्न ४: ACT सरकारको १००% नवीकरणीय ऊर्जा लक्ष्यमा सोलारको भूमिका कस्तो छ?
ACT सरकारले सन् २०२० देखि १००% बिजुली नवीकरणीय स्रोतबाट आपूर्ति गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अहिले ३०% भन्दा बढी घरहरूमा rooftop solar जडान भइसकेको छ।
यसलाई बढावा दिनका लागि:
- STC rebate र
- Federal SRES battery rebate
- साथै, interest-free loan योजनाहरू कार्यान्वयनमा छन्।
यी योजनाहरूले नवीकरणीय ऊर्जा प्रणालीहरूको पहुँच बढाउने, ग्रिडलाई भरपर्दो बनाउने र वातावरणीय प्रदूषण घटाउने काम गरिरहेका छन्।
प्रश्न ५: अष्ट्रेलियन तथा स्थानिय मापदण्डहरू के-के छन्?
सोलार र ब्याट्री जडान गर्दा पालना गर्नुपर्ने प्रमुख मापदण्डहरू:
Australian Standards (AS/NZS):
- AS/NZS 5033: PV arrays को सुरक्षित र गुणस्तरीय जडान
- AS/NZS 4777: Grid सँग इन्वर्टरद्वारा जडान प्रक्रिया
- AS/NZS 5139: ब्याट्री स्टोरेज प्रणालीको सुरक्षा
- AS/NZS 3000: विद्युत् वायरिङ नियमावली (Wiring Code)
स्थानिय नेटवर्क कम्पनीका नियमहरू:
- EvoEnergy (Canberra) ले grid connection approval, safety standards जाँच गर्छ।
- Essential Energy (NSW) ले export control, grid impact assessment, र battery safety मापदण्ड कडाइका साथ पालन गर्नुपर्ने नियमहरू लागू गरेको छ।
यी सबै मापदण्डहरू पालना नगरेमा प्रणाली स्वीकृत हुँदैन र सुरक्षा जोखिम बढ्छ।
प्रश्न ६: ब्याट्री प्रणाली र एकीकरणमा अनुभव कस्तो छ? हालका नियमहरू के छन्?
हालका तथ्याङ्क अनुसार, करिब ९०% ग्राहकहरू सोलार प्रणालीसँगै battery storage पनि चाहन्छन्, जसले विद्युत् आपूर्ति अझै सुरक्षित र प्रभावकारी बनाउँछ।
Battery storage का फाइदाहरू:
- विद्युत् कटौती (blackout) को बेला पनि निरन्तर बिजुली आपूर्ति
- peak demand समयमा बढी शुल्क लाग्ने समयको खर्च कटौती
- ग्रिडमा ऊर्जा निर्यात घटाएर घरभित्र उपभोग बढाउने
- भविष्यमा EV चार्जर, V2G (Vehicle to Grid), वा V2H (Vehicle to Home) जस्ता प्रविधि समर्थन
नियम र सुरक्षा मापदण्डहरू:
- ब्याट्रीलाई आगो लाग्न सक्ने वस्तुहरूबाट टाढा राख्ने
- राम्रो हावा चल्ने ठाउँमा IP-rated weatherproof enclosure आवश्यक
- स्थानीय council को fire safety, signage, र emergency access नियम पालना
- AS/NZS 5139 अनुसार डिजाइन र जडान
- EvoEnergy वा Essential Energy बाट grid connection को पूर्व स्वीकृति आवश्यक
प्रश्न ७: सोलार प्रणालीले ग्रिड फॉल्ट रोक्न के–के सुरक्षा उपायहरू अपनाउनु पर्छ?
सुरक्षित र भरपर्दो सोलार प्रणालीको लागि आवश्यक सुरक्षा उपायहरू:
- Anti-islanding protection: जब ग्रिड बन्द हुन्छ, प्रणाली आफैं बन्द हुने व्यवस्था
- Over-voltage, under-voltage र over-frequency जस्ता समस्याबाट सुरक्षा
- Surge Protection Device (SPD) लगाउनुपर्ने
- Circuit breaker वा fuse मार्फत विद्युतीय सर्किटको सुरक्षा
- उचित earthing र bonding गरिनु अनिवार्य
- प्रत्येक ३ देखि ५ वर्षमा नियमित निरीक्षण र मर्मतसम्भार गरिनुपर्छ
Smart inverter मा भित्री grid support functions हुन्छन् जसले ग्रिडमा हुने voltage fluctuation र disturbance कम गर्न सहयोग पुर्याउँछन्।
सम्पर्क विवरण:
रमेश बेलबासे
Electrical Engineer, Solar System Specialist
Mobile: 0452 414 771
Comments