अनेसास क्यानबेरा च्याप्टरको नयाँ कार्यसमिति अध्यक्षमा- महत्ता घिमिरे चापागाईं
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्याप्टरको नयाँ कार्यसमिति साहित्यकार, समाजसेवी महत्ता घिमिरे चापागाईंको अध्यक्षतामा गठन भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्याप्टरको आयोजनामा तथा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सह–आयोजनामा २१२औं भानु जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम जुलाई ११ साँझ क्यानबेरामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा अस्ट्रेलिया…
