| |

केन्द्र न्युज-त्रिवेणी नेपाल चिनारी पुरस्कार-वार्षिक योजना कार्यक्रम

निभ स्टार मिडिया,अस्ट्रेलिया र त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया, अमेरिका बीचको सहकार्य
केन्द्र न्युज–त्रिवेणी नेपाल चिनारी पुरस्कार–वार्षिक योजना कार्यक्रम

उत्कृष्ट लेख,कला–साहित्य

नेपाली भाषा, कला, संस्कृति,साहित्य तथा नेपालको चिनारी लाई प्रवर्धन गर्ने उद्देश्यले निभ स्टार मिडिया, अस्ट्रेलिया र त्रिवेणी साहित्य मञ्च पेन्सल्भेनिया, अमेरिका बीच सहकार्य गरी केन्द्र न्युज अस्ट्रेलियाले अटिजम भएका बालबालिकाहरूका लागि “विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र”, काठमाडौँ नेपाल लाई केही रकम सहयोगार्थ निम्न पुरस्कारको वार्षिक योजना कार्यक्रम घोषणा गरेको छ।

पुरस्कारको नाम : केन्द्र न्युज–त्रिवेणी नेपाल चिनारी पुरस्कार

कार्यक्रम मिति: आउँदो वर्ष २०२६ देखि अङ्ग्रेजी महिनाको अगस्ट भित्र कार्यक्रम सम्पन्न गर्ने गरी यो कार्यक्रम तय गरिएको छ।

जसमा अंग्रेजी महिनाको जुन सम्म केन्द्र न्युज अस्ट्रेलियामा प्राप्त निम्न बमोजिमका लेख, कला, साहित्य समावेश गरिनेछ । र उत्कृष्ट लेख,कला-साहित्यलाई कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिनेछ। यस वार्षिक कार्यक्रम अन्तर्गत प्राप्त रकम मध्ये केही रकम अटिजम भएका बालबालिकाहरूका लागि “विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र”, काठमाडौँ नेपाललाई वार्षिक सहयोग गरिनेछ। लेख,कला-साहित्य सम्बन्धी नियमहरू देहाय बमोजिम छन्।

१. उत्कृष्ट नेपाल चिनारी: पुरस्कार राशि नेपाली रकम रुपैयाँ २५,५०० प्रमाणपत्र तथा मायाको चिनो

  • नेपालको सामाजिक तथा सांस्कृतिक जनचेतनामूलक लेख अथवा नेपालको पर्यटकीय तथा आर्थिक विकास सम्बन्धी लेख
  • भाषा नेपाली र अङ्ग्रेजी दुबैमा हुन सक्ने
  • प्राथमिक र दोस्रो स्रोत समेत समावेश गर्न सकिने

२. उत्कृष्ट नेपाल चिनारी कला : पुरस्कार राशि नेपाली रकम रुपैयाँ पुरस्कार राशि नेपाली रकम रुपैयाँ २५,५०० प्रमाणपत्र तथा मायाको चिनो प्रमाणपत्र तथा मायाको चिनो

  • चित्रकला, फोटो, भिडियो जुन नेपालको सामाजिक, सांस्कृतिक, जनचेतनामूलक अथवा नेपालको पर्यटकीय महत्व झल्काउने हुनुपर्नेछ।
  • दोस्रो स्रोत समावेश गर्न पाइने छैन

३. उत्कृष्ट नेपाली साहित्य रचना : पुरस्कार राशि नेपाली रकम रुपैयाँ पुरस्कार राशि नेपाली रकम रुपैयाँ २५,५०० प्रमाणपत्र तथा मायाको चिनो प्रमाणपत्र तथा मायाको चिनो

  • कविता,गजल
  • जुन विधामा रचना गर्ने हो त्यस विधाको साहित्यको परिधिभित्र रहेर रचना गर्नुपर्ने हुन्छ।
  • भाषा शुद्ध नेपालीमै हुनुपर्ने
  • र दोस्रो स्रोत समावेश गर्न पाइने छैन।

 

  • यस कार्यक्रममा भाग लिन इच्छुक हुनेले यस सम्बन्धी लेख,रचना,कलाहरू एक व्यक्तिले एक वर्षमा बढीमा दुई पटक सम्म पठाउन सक्नेछ उक्त लेख रचना केन्द्र न्युज अस्ट्रेलियाको वेबसाइटमा प्रकाशन गरिनेछ।
  • प्रत्येक वर्ष उक्त लेख रचनाहरू विशेष सदस्य समिति (निर्णायक) ले छनोट गरी पुरस्कारको लागि निर्णय गर्नेछ।
  • तर एकचोटी प्रकाशित भइसकेको लेख रचनाहरू भएमा यस कार्यक्रम अन्तर्गत लिइने छैन वा स्वत निष्क्रिय हुनेछ अथवा कार्यक्रम समापन पश्चात पनि हटाइनेछ।
  • लेख रचना कलाहरू व्यङ्गात्मक अर्थका, दोहोरो अर्थ लगाउने खालको , कानुन विपरीतको शब्द उल्लेख भएको भएमा यस कार्यक्रम अन्तर्गत समावेश गराइने छैन।

लक्षित वर्गहरू:

  • नेपालको विद्यालयहरूमा सम्पर्क गरी क्रमिक रुपमा विद्यार्थीहरुलाई खोजमूलक लेख रचना सम्पादन गर्न प्रोत्साहन गरिनेछ ।
  • सकेसम्म जो व्यक्ति आफ्नो नोटबुक, डायरीमा मात्र लेखेर बसेको हुन्छ। यस्ता व्यक्तिको प्रतिभा प्रस्फोटन गराउन सहयोग गरिनेछ।
  • जनचेतनामूलक लेखले नेपालको पर्यटन तथा आर्थिक विकास प्रचार आगामी दिनमा सकेसम्म धेरै अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत गर्नेछ।
  • पुरस्कृत भएका लेख रचनाहरू अरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूमा समेत प्रकाशित गरिनेछ।

यस कार्यक्रममा भाग लिन इच्छुक हुनेले आफ्नो सृजना/रचना हरु इमेल मार्फत पठाउन सक्नु हुनेछ। इमेल: kendranews.aud@gmail.com

 

 

Similar Posts

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *