वरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत ,शब्दमा उषा गजुरेलको आवाज- “मलाई कोइली भने हुन्छ “
वरिष्ठ संगीतकार सुरेश अधिकारीको शब्द तथा संगीत र गायिका उषा गजुरेलको स्वरमा नयाँ नेपाली राष्ट्रियता झल्काउने गीत “कोइली” सार्वजनिक भएको छ। गीत उषा गजुरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। नेपालको तराई, पहाड, हिमाल तथा विविध संस्कृतिलाई समेटेर तयार गरिएको यस गीतले राष्ट्रिय भावना र नेपाली मौलिक परिवेशलाई उजागर गर्ने प्रयास गरेको छ। गीतमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र नेपालीपनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। “कोइली” गीतमा उषा गजुरेलसँगै मनोज थापा, Kausal Dangal, Utsab Dhungel तथा Sabina KC को अभिनय रहेको छ। गीतका संगीत संयोजक Pushkar Khatri हुन् भने मिक्सिङ तथा मास्टरिङ Kishor Thapa ले गरेका छन्। रेकर्डिस्टको रूपमा Rajesh Shrestha र गिटारमा Purashkar Khadka को साथ रहेको छ। गीतको रेकर्डिङ A One Musician Studio मा गरिएको हो। भिडियोतर्फ निर्माता Samrat Dahal रहेका छन् भने निर्देशन तथा सम्पादन Narayan Magar ले गरेका छन्। छायांकन तथा कलर Suman Tamang ले गरेका हुन्।
गीत सार्वजनिक गर्दै गायिका उषा गजुरेलले दर्शक तथा स्रोताहरूलाई गीत हेरेर सल्लाह, सुझाव र प्रतिक्रिया दिन आग्रह गरेकी छन्। यसअघि पनि उनले विभिन्न सांगीतिक प्रस्तुतिहरूमार्फत आफ्नो सांगीतिक यात्रालाई निरन्तर अगाडि बढाउँदै आएकी छन्।
Youtube link of song: https://youtu.be/P5WABuUV44k?si=fyftBECntxQFJMmc
गीतको प्राविधिक टोली:
- Vocal: Usha Gajurel
- Lyrics | Music: Suresh Adhikari
- Music Arranger: Pushkar Khatri
- Mixing | Mastering: Kishor Thapa
- Recordist: Rajesh Shrestha
- Guitarist: Purashkar Khadka
- Studio: A One Musician Studio
भिडियो क्रेडिट्स:
- Producer: Samrat Dahal
- Director | Editor: Narayan Magar
- Cinematographer | Color: Suman Tamang
- IT Support: Rajendra Aryal
© Usha Gajurel, 2026
