जेन–जी विद्रोहपछि ओली पहिलोपटक सार्वजनिक-कार्यकर्तासँग भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन्। मंगलबार उनले युवा संघका पूर्व र वर्तमान पदाधिकारी तथा पोलिटब्युरो सदस्य महेश बस्नेतसँग सामूहिक भेटवार्ता गरेका थिए। भदौ २४ गते पछि सैनिक सुरक्षामा रहेका ओली गत सातादेखि गुण्डुमा सरेका हुन्। नयाँ स्थानमा बसाइँ सरेपछि उनले पार्टीका वरिष्ठ नेता तथा…
