अष्ट्रेलियाको Northern Territory राज्यमा अन्य देशको विद्यार्थी संख्या भन्दा नेपाली विद्यार्थीको संख्या धेरै

अष्ट्रेलियाको Northern Territory राज्यमा अन्य देशको विद्यार्थी संख्या भन्दा नेपाली विद्यार्थीको संख्या धेरै

January – November २०२४ अवधिको तथ्याङ्कमा हाल अष्ट्रेलियामा ६५ हजारभन्दा बढी नेपाली विद्यार्थी शैक्षिक अवसर खोजिरहेका छन् ।
तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या Northern Territory (NT) राज्यमा ४,९१३ रहेको छ रनेपाली विद्यार्थीको संख्या १ हजार २ सय ७१ रहेको छ भने भारतीय विद्यार्थीको सङ्ख्या ८२२ त्यस्तै बङ्गलादेशबाट आउनेको संख्या ५२१ रहेको पाइन्छ। यो तथ्याङ्क अनुसार यो राज्यमा नेपाली विद्यार्थी संख्या अन्य  देशको विद्यार्थी सङ्ख्या भन्दा अगाडि छ यो राज्यको मात्र तथ्याङ्क हेर्दा यस्तो देखिएता पनि समग्रमा हेर्दा न्यू साउथ वेल्स(NSW) मा नै नेपाली विद्यार्थी लगायत अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरू हरूको संख्या निकै ठूलो रहेको छ। 

तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या न्यू साउथ वेल्स (NSW) राज्यमा कुल    ३,२६,५५७ रहेको छ जसमा सबैभन्दा धेरै चिनिया विद्यार्थी ८८,४५२ र नेपाली विद्यार्थीको संख्या ४१,४९७ रहेको छ/ 

 भिक्टोरिया (VIC) राज्यमा कुल अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या  २,५७,२३१ छ भने नेपाली विद्यार्थीको संख्या ९ हजार ७२० रहेको छ ।

क्वीन्सल्याण्ड (QLD) राज्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या १२४ ५९८ छ भने नेपाली विद्यार्थीको सङ्ख्या ४ हजार २०३ रहेको छ ।

दक्षिण अस्ट्रेलिया (SA) राज्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या ४७,९८६  छ भने नेपाली विद्यार्थीको संख्या ३ हजार २६० रहेको छ ।

पश्चिमी अस्ट्रेलिया (WA) राज्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या ७१,३६१ छ भने नेपाली विद्यार्थीको संख्या ३ हजार ४५४ पुगेको छ ।

तस्मानिया (TAS)  राज्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या ८३४० छ भने 

नेपाली विद्यार्थीको संख्या १ हजार ३ सय ९४ पुगेको छ ।

अष्ट्रेलियाको राजधानी क्षेत्र Canberra मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या         १९,९१३ छ भने नेपाली विद्यार्थीको संख्या १ हजार ८०४ रहेको छ ।

 स्रोत

शिक्षा विभाग, PRISMS Australia

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *