क्यानबेरामा अभिभावक पिकनिक तथा धन्यवाद कार्यक्रम आयोजना- NRNA ACT

क्यानबेरा, ९ नोभेम्बर २०२५ —

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया अन्तर्गतको एसीटी राज्य समन्वय परिषद् (एनसीसी–एसीटी) ले आउँदो नोभेम्बर २९, २०२५ (शनिबार) का दिन “अभिभावक पिकनिक तथा धन्यवाद कार्यक्रम” आयोजना गर्ने भएको छ। कार्यक्रम बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म ब्ल्याक माउन्टेन पेनिनसुला, क्यानबेरामा हुने जनाएको छ।

एनआरएनए एसीटीका संयोजक तथा कार्यक्रम संयोजक श्री ललित मल्लका अनुसार, यस कार्यक्रमको उद्देश्य नेपाली समुदायका अभिभावकहरूलाई सम्मान गर्नुका साथै समुदायबीच आपसी सद्भाव, सहयोग र कृतज्ञताको भावना सुदृढ गर्नु रहेको छ। उहाँका अनुसार, कार्यक्रमले पारिवारिक भेटघाट, अनुभव आदान–प्रदान तथा समुदायिक एकता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न रमाइला खेलकुद गतिविधि, सबैलाई सहभागी गराउने सामूहिक खानपान, साथै सांस्कृतिक तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमहरू समेत समावेश गरिएको आयोजक समितिले जनाएको छ।

एनआरएनए अस्ट्रेलियाको वार्षिक साधारण सभापछि एसीटी राज्य समन्वय परिषद्ले यस सामुदायिक भेटघाट, पिकनिक तथा धन्यवाद कार्यक्रम मार्फत नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत, र निवर्तमान समितिलाई विदाई र सम्मान गर्ने योजना समेत बनाएको छ।

सहभागिता निःशुल्क रहेको यस कार्यक्रममा सहभागी हुन इच्छुकहरूले नोभेम्बर २७ भित्र RSVP गर्नुपर्नेछ।

एनआरएनए एसीटीले उक्त कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदाय, संघ–संस्था, अभिभावक तथा परिवारजनहरूलाई हार्दिक आमन्त्रण गरेको छ।

विस्तृत जानकारीका लागि:
आयोजक – Team NRNA ACT

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *