|

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा ललितपुरबाट पक्राउ

काठमाडौं, १९ असोज (अक्टोबर ५): नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा ललितपुरबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शर्मा आइतबार ललितपुरको बख्खुडोल क्षेत्रबाट पक्राउ परेका हुन्। उनी दाङको तुलसीपुर–१६ का स्थायी बासिन्दा हुन्।

लामो समयदेखि फरार रहेका शर्मालाई हाल थप अनुसन्धानका लागि प्रहरी हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पनि पूर्वसरकारी अधिकारीहरू र प्रभावशाली व्यक्तिहरू पक्राउ परेका थिए। सो मुद्दा अहिले विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *