|

नयाँवर्ष२०८२ उत्सव क्यानबेरामा हुने – सनातन समाज अष्ट्रेलिया

 आउँदो नेपाली  नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाख १ गते सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) को आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम, आतिस्बाजि (फायर वर्क्स) लगायत साँस्कृतिक नृत्य, डि जे, फुड स्टल हुने भएको छ कार्यक्रमका संयोजक तथा सनातन समाज अस्ट्रेलियाका अध्यक्ष श्री सन्तोष मल्लका अनुसार यस वर्ष विगत वर्षभन्दा कार्यक्रम भव्य सभ्य हुने प्रष्ट पार्नुभएको छ। 

सदाको वर्षा जस्तै नयाँ नेपाली वर्ष २०८२ को आगमनसँगै सनातन समाज अस्ट्रेलियाले यसपालि अझ विस्तृत कार्यक्रम आयोजना गरेको छ। क्यानबेरामा रहेका करिब १५ हजार नेपाली समुदाय तथा हिन्दू आस्थाको प्रतिबिम्ब श्री पशुपतिनाथको मन्दिर स्थापनार्थ विगत केही वर्षदेखि विभिन्न कार्यक्रमहरू गर्दै आएको सनातन समाज ले यस वर्षको कार्यक्रम अझ व्यापक हुने र गर्ने तयारी गरेको छ।पशुपतिनाथको मन्दिरको स्थापना अस्ट्रेलियाको क्यानमेरास्थित नेपाली बासी तथा हिन्दू आस्थावानहरूको लागि एक अपरिहार्य रहेको छ। यस निर्माण कार्यको लागि अस्ट्रेलियाको क्यानबेरा राज्य सरकारद्वारा स्वीकृत प्राप्त भइसकेको र आवश्यक जग्गा पनि उपलब्ध भइसकेको छ। अब यस परियोजनालाई पूरा गर्न विभिन्न समुदायसँग सहयोग अपिल गरी छिटै नै पूरा गर्ने प्रतिबद्धता सनातन  समाज अस्ट्रेलियाले लिएको छ विगतका कार्यक्रमबाट केही आर्थिक सङ्कलन भएपनि यस वर्ष हुने नयाँ नेपाली वर्ष उत्सवले धेरै आर्थिक सहयोग प्राप्त हुने र अरु नयाँ कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ। 

नेपाली कला, संस्कृति र सनातन धर्मको जगेर्ना अनि सबै सनातनीहरू एकताको शुत्रमा गास्ने उद्देश्यले  अस्ट्रेलियामा रहेका कम्युनिटी कार्यक्रम मा बेग्लै पहिचान बनाउँदै वर्षेनी विभिन्न कार्यक्रमहरु:  नयाँ वर्ष उत्सव,  कृष्णअष्टमी पूजा,  महाशिवरात्री पूजा, धार्मिक महायज्ञ जस्ता थुप्रै कार्यक्रम गर्दै आएको छ। 

विगत वर्षहरूका कार्यक्रममा फायर वर्क्स नियाल्न र नेपाली नयाँ वर्षलाई स्वागत गर्न ८ -१० हजारभन्दा बढिको सहभागीता हुने गरेकोमा यस वर्ष १२ हजार बढीको अपेक्षा गरिएको सनातन समाजका अध्यक्ष सन्तोष मल्लले जाकारी दिनुभयो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *