Chasing un unknown Destiny – को विमोचन सम्पन्न

१६ फेब्रुअरी त्रिवेणी साहित्य मञ्चले ह्यारिस्बर्ग पेन्सलभेनियामा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। त्रिवेणी साहित्य मञ्चको आयोजनामा सोम भण्डारीको अङ्ग्रेजी भाषामा लेखिएको Chasing un unknown Destiny को विमोचन सम्पन्न भएको छ ।

साथमा गुन्जन र अन्तरा उपाध्याय दिदीबहिनीको नयाँ ह्युटुब च्यानल Nepsisters पनि सार्वजनिक भएको छ ।

साहित्य मञ्चले निरन्तर गर्दै आएको रचनावाचन श्रृङ्खला- ६ मा थुप्रै साहित्यकारले रचना वाचन गरेर कार्यक्रममा धेरै दर्शकको मन तानेको देखिन्थ्यो ।   कृति विमोचन कार्यक्रम अन्तर्गत सोम भण्डारीद्वारा लिखित Chasing an Unknown Destiny कृति बारेमा डा . तुलाराम न्यौपाने र डा. नाराद पोख्रेलले आफ्नो धारण राख्नु भएको थियो । डा. न्यौपानेले कृति भित्र आफ्नै कथा ब्यथा , भोगाइ रहेको बताउनु भएको थियो । कृति सरल र सुन्दर शैलीमा सबै कुरालाई ख्यालमा गरेर सृजना गरेको डा. नाराद आचार्यले बताउनु भयो । कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष केशव बैरागी माइलोले गर्नुभएको थियो। डा. तुलाराम न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको थियो । साहित्यकार सीता पाण्डेको विशेष अतिथिको रूपमा रहनु भएको कार्यक्रममा बालकृष्ण न्यौपानेले मिठो गीत गाएर सबैलाई मोहित पारेका थिए भनि ल्यान्कास्टरबाट आएका बालप्रतिभा बहिनिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा खेम अधिकारी, नारद अधिकारी, ओम घिमिरे, बिनितापुरी गण्डकी पुत्र , तुङ्गनाथ उपाध्याय लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन त्रिवेणी साहित्य मञ्चका सचिव श्री नारद आचार्य “सुदामा “ज्यूले गर्नुभएको थियो।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *