सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) को आयोजनामा…….
सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) को आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम, आतिस्बाजि (फायर वर्क्स) लगायत साँस्कृतिक नृत्य, डि जे, फुड स्टल जस्ता कार्यक्रम आयोजना गरेर नेपाली नयाँ वर्ष २०८२ को भव्य स्वागत गरिएको छ। कार्यक्रमका संयोजक तथा सनातन समाज अस्ट्रेलियाका अध्यक्ष श्री सन्तोष मल्लका अनुसार यस वर्ष विगत वर्षभन्दा कार्यक्रम भव्य सभ्य भएको र यस अवसरमा सहयोग गर्नुहुने सम्पूर्ण दाता, आर्थिक सहयोग गर्नुहुने विज्ञापनदाता , सम्पूर्ण अतिथि, स्वयंसेवक, कलाकार , सञ्चारकर्मी तथा उपस्थित सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दै नेपाली नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत चित्रलेखा यादव, अस्ट्रेलिया क्यान्वेरा सरकारको मन्त्री , सांसद, सरकारको प्रतिनिधि लगायत थुप्रै विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो ।

सदाको वर्ष जस्तै नयाँ नेपाली वर्ष २०८२ को आगमनसँगै सनातन समाज अस्ट्रेलियाले यसपालि अझ विस्तृत कार्यक्रम भएको जनाएको छ। क्यानबेरामा रहेका करिब १५ हजार नेपाली समुदाय तथा हिन्दू आस्थाको प्रतिबिम्ब श्री पशुपतिनाथको मन्दिर स्थापनार्थ विगत केही वर्षदेखि विभिन्न कार्यक्रमहरू गर्दै आएको सनातन समाजले यस वर्षको कार्यक्रम ले अझ थप टेवा पुग्ने देखिन्छ ।पशुपतिनाथको मन्दिरको स्थापना अस्ट्रेलियाको क्यान्वेरा स्थित नेपाली बासी तथा हिन्दू आस्थावानहरूको लागि एक अपरिहार्य रहेको छ। यस निर्माण कार्यको लागि अस्ट्रेलियाको क्यानबेरा राज्य सरकारद्वारा स्वीकृत प्राप्त भइसकेको र आवश्यक जग्गा पनि उपलब्ध भइसकेको छ। अब यस परियोजनालाई पूरा गर्न विभिन्न समुदायसँग सहयोग अपिल गरी छिटै नै पूरा गर्ने प्रतिबद्धता सनातन समाज अस्ट्रेलियाले लिएको छ विगतका तथा यस वर्षको कार्यक्रमबाट केही आर्थिक सङ्कलन सोचेभन्दा उत्कृष्ट रहेको छ साथै यस सन्दर्भमा यहाँ सरकार तथा जनप्रतिनिधि- सांसदसँग पनि विशेष छलफल भएको जानकारीसनातन समाजका अध्यक्षले छ दिनुभएको छ विगत वर्षहरूका कार्यक्रममा फायर वर्क्स नियाल्न र नेपाली नयाँ वर्षलाई स्वागत गर्न ८ -१० हजारभन्दा बढिको सहभागीता हुने गरेकोमा यस वर्ष को उपस्थिति १० हजार बढीको भएको अनुमान गर्न सकिन्छ।

कार्यक्रमका प्रायोजन तथा सहयोगीहरू निम्नानुसार रहेका छन्।
Title Sponsor: Aussie Finance and Home Loans
Gold Sponsors: Grace International Canberra
Silver Sponsors:
Goodwin Aged Care,
Success Education & Visa Services,
Everest Education and Visa Services
Boutique Partner: Manashwi Collection
Furniture Partner: Fusion Furniture
Travel Partner: Dreamtrip Travel & Tours
Banking Partner: Bendigo Bank
Supporting Partners:
KTM Consulting Group
BizBox Home Loan
The Rams Leather
Food Partner:
The Hungry Buddha
Grocery Partner:
Nepali Mart Canberra
Media Partner:
Avenues Television
Gorkhapatra
Avyukt media
Kendra News Australia
Photography Partner:
PhotoKatha
Digital Partners:
The Kakadu IT Solutions
909IT Solutions
Community Partners:
Canberra Nepalese Community
Nepali Art Culture and Literature Academy Canberra
Comments