|

यमनमा डुंगा दुर्घटना : २० अफ्रिकी आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

अब्यान, यमन – यमनको दक्षिणी तट नजिक अफ्रिकी आप्रवासी बोकेको अवैध डुंगा डुब्दा कम्तीमा २० जनाको ज्यान गएको छ, जबकि दर्जनौं अझै बेपत्ता छन्।

शनिबार राति ११ बजे तीव्र हावाहुरीका कारण १५० जना बोकेको डुंगा पल्टिएको हो।
स्थानीय अधिकारीका अनुसार डुंगा इथियोपियाबाट आएका आप्रवासीले भरिएको थियो।

१२ जना उद्दार भई अस्पतालमा उपचाररत छन्।
शवहरू तटीय क्षेत्रमा छरिएर फेला परेका छन्, र मृतक संख्या बढ्न सक्ने अनुमान छ।

अवैध आप्रवासन रोक्न स्थानीय र अन्तर्राष्ट्रिय सहयोगको माग गरिएको छ।
दशकौँदेखिको युद्धले यमन अफ्रिकी आप्रवासीका लागि झन् जोखिमपूर्ण मार्ग बनेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *