नेपाली लेखक सङ्घ गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन -अध्यक्षमा दीपक समीप

पोखरा, गण्डकी नेपाल

प्रजातन्त्रवादी लेखकहरूको चौतारी ‘नेपाली लेखक सङ्घ’, गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। पोखरामा सम्पन्न उक्त अधिवेशनले प्रदेशभरिका साहित्यिक समुदायमा उत्साह र सक्रियता थपेको छ।

नयाँ कार्यसमिति:

  • अध्यक्ष: दीपक समीप (लमजुङ, पोखरा कार्यरत)
  • उपाध्यक्ष: लक्ष्मण थापा (कास्की)
  • महिला उपाध्यक्ष: हिममाया पौडेल (कास्की)
  • महासचिव: सञ्जीव पौडेल (कास्की)
  • सचिव: मोती च्वाईं (पर्वत)
  • कोषाध्यक्ष: चन्द्रावती वाग्ले (तनहुँ)
  • सदस्यहरू: रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ), मणि डुम्रे (नवलपुर)

निर्वाचन समितिको संयोजकका रूपमा निवर्तमान सचिव गणेश शर्मा र सदस्यका रूपमा सङ्घका केन्द्रीय सदस्य अमृत क्षेत्री रहेर निर्वाचन सम्पन्न भएको थियो। समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको जनाएको छ।

अध्यक्षको प्रतिबद्धता:
अध्यक्ष निर्वाचित दीपक समीपले पद ग्रहण गर्दै संस्थाको गरिमा बढाउनर नेपाली साहित्य संस्कृतिलाई प्रवर्धन गर्न विविध साहित्यिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो।

अधिवेशनमा सम्बोधन गर्ने साहित्यकारहरू:
तीर्थ श्रेष्ठ, मिलन समीर, ईश्वरमणि अधिकारी, लक्ष्मीशरण अधिकारी र गणेश शर्मा लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए।

यसैगरी सङ्घले आफ्ना गतिविधि, सदस्यता प्रक्रिया र जिम्मेवारी स्पष्ट पारेको छ। सदस्यहरूले:

  • साहित्यिक कार्यक्रमको आयोजना
  • सदस्यहरूको तालिम र क्षमता विकास
  • सामाजिक र साहित्यिक चेतना फैलाउने गतिविधिमा सक्रिय सहभागिता:
    जस्ता कामहरूमा योगदान दिनुपर्नेमा जोड दिएको छ।। सदस्यहरूको सक्रियता, योगदान र अनुभवका आधारमा उच्च जिम्मेवारी निर्धारण गरिने पनि बताएको छ। साथै, सदस्यको विवरण, ठेगाना र गतिविधि अभिलेखमा सुरक्षित गरिनेछ- संघले जनाएको छ।

सङ्घको नयाँ कार्यसमितिले आगामी दिनमा साहित्यिक क्षेत्रमा अझ सक्रियता देखाउँदै लेखकहरूको सृजनात्मक योगदान र संस्थाको प्रतिष्ठा बढाउने लक्ष्य राखेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *