राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पद त्याग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफ्नो हस्ताक्षर रहेको संघीय निजामती सेवा विधेयकमा विवाद उत्पन्न भएपछि जिम्मेवारी लिने निर्णय गरेको बताए।

विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी धारामा भाषा परिवर्तन गरी मूल उद्देश्य कमजोर बनाइएको आरोपपछि खतिवडामाथि आलोचना भएको थियो। यस घटनामा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले साउन २० गते सार्वजनिक गरेको प्रतिवेदनमा उनलाई पनि जिम्मेवारको रूपमा उल्लेख गरेको थियो।

बैठकअघि सभामुख देवराज घिमिरे र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरेका खतिवडाले आफूले सुरुदेखि नै दुई वर्षे कुलिङ पिरियडको पक्षमा अडान लिएको स्पष्ट पारे। प्रतिवेदन लेख्ने क्रममा त्रुटि देखिए पनि त्यो आफ्नो वा समितिको नियतमा आधारित नभएको उनको भनाइ छ।

खतिवडाले उच्च श्रेणीका केही कर्मचारीको हस्तक्षेपले विधेयकमा विवादास्पद परिवर्तन आएको आरोप पनि लगाए। “पदभन्दा प्रश्नलाई माथि राख्ने” निर्णय गर्दै उनले सभापतिको जिम्मेवारीबाट “हाँसीहाँसी” अलग भएको घोषणा गरे।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *