हार्दिक निमन्त्रणा – क्यानबेरामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

गैरआवासीय नेपाली संघ (NRNA) को आगामी निर्वाचन मिति २६ जुलाई नजिकिँदै गर्दा चुनावी अभियान कार्यक्रम पनि तीव्र गतिमा भइरहेका छन्। यसै क्रममा क्यानबेरा-एसिटी राज्यको ललित मल्ल टिमको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम बुधबारका दिन Belconnen स्थित The Hungry Buddha Nepalese Cuisine मा हुँदैछ। यो कार्यक्रमले सम्पूर्ण क्यानबेरा बासी नेपाली समुदायलाई क्यानबेराको ललित मल्ल टिम  रअस्ट्रेलियाको राष्ट्रिय टिम अन्तर्गत   सन्तोष कुँवर नेतृत्वको टिम सँग भेटघाट तथा अन्तरक्रिया गरी सुमधुर सम्बन्ध निर्माण गर्ने आयोजकले जनाएको छ।

 साथैआयोजकले सम्पूर्ण क्यानबेरा बासी नेपाली समुदायलाई उक्त कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ। यो कार्यक्रम २३ जुलाई २०२५, बुधबार का दिन Belconnen स्थित The Hungry Buddha Nepalese Cuisine मा बेलुकी ५ बजेदेखि  सञ्चालन हुनेछ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *