| |

WHO द्वारा गाजामा इजरायली आक्रमणको निन्दा

विश्व स्वास्थ्य संगठन (WHO) ले गाजाको देइर अल-बालाहमा इजरायली स्थल आक्रमणका कारण आफ्ना कामहरू गम्भीर रूपले प्रभावित भएको बताउँदै आक्रोश व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघको यस निकायका अनुसार सोमबार इजरायली सेनाले WHO का कर्मचारी र तिनका परिवार बसोबास गर्दै आएको भवनमाथि आक्रमण गर्नुका साथै त्यहाँ आश्रय लिइरहेका मानिसहरूमाथि दुव्र्यवहारसमेत गरेको थियो। साथै, संगठनको मुख्य गोदाम पनि पूर्ण रूपमा ध्वस्त भएको छ।

इजरायली सेनाले भने यो घटनाबारे कुनै टिप्पणी गरेको छैन।

गाजा युद्ध सुरु भएको २१ महिनामा देइर अल-बालाहमा यो इजरायलको पहिलो ठूलो जमीनी कारबाही हो। यस आक्रमणले हजारौं सर्वसाधारण विस्थापित भएका छन् र क्षेत्रभरी गम्भीर खाद्य संकटको चेतावनीसमेत दिइएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *