अस्ट्रेलियाको क्यानबेरामा नेपाली समुदायद्वारा सञ्चालित सामाजिक संस्थाहरु — सम्पर्क अनि सदस्यता किन? (भाग ४)
केन्द्र न्युज अस्ट्रेलिया – क्यानबेरा
नोट:
यस रिपोर्ट श्रृङ्खलामा क्यानबेरास्थित नेपाली समुदायका विभिन्न सामाजिक संघ–संस्थालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै जानेछौँ। क्रमसङ्ख्या केवल सूचीका लागि हो, कसैलाई माथि–तल देखाउने उद्देश्य होइन। सूचनाकै अभावमा कुनै संस्था छुटेमा क्षमाप्रार्थी हुनेछौँ र पछिल्ला श्रृङ्खलामा समेट्नेछौँ। आफ्नो संस्थाबारे थप जानकारी दिन इच्छुक संस्थाले कृपया विवरण उपलब्ध गराइदिनुहोला। यसले तपाईंको संस्थालाई समुदायमा अझ राम्रोसँग पुग्न सहयोग पुर्याउने छ भन्ने अपेक्षा गर्दछौं।
क्यानबेरा, अष्ट्रेलिया – क्यानबेरामा बढ्दो सक्रिय नेपाली समुदायसँगै विभिन्न सामाजिक संगठनहरु पनि सञ्चालनमा आइरहेका छन् । विभिन्न संस्थाको आफ्नै उद्देश्य कार्यक्षेत्र रहेका हुन्छन्। आफ्नै मूल्य मान्यता अनुसार सामुदायिक कामहरू गरिरहेका छन् तापनि एउटै मुख्य उद्देश्य चाहिँ नेपाली समुदायको हकहित, सहयोग र नेपालको पर्यटन प्रवर्धन सँगै सामाजिक सांस्कृतिक पहिचान गर्नु नै देखिन्छ। अस्ट्रेलियाका लागि नेपालको राजदूत कार्यालय पनि अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको छ। यससँगै यहाँ दशकौं पुराना नेपाली सामाजिक संस्थाहरुले नेपाली समुदायको हकहितको लागि काम गर्दै आइरहेको देखिन्छ।
9. Nepalese Association of Agriculture, Forestry and Environment in Australia (NEPAFE)
Nepalese Association of Agriculture, Forestry and Environment in Australia (NEPAFE) ले अस्ट्रेलियामा मात्र नभई नेपालमा पनि वातावरण, कृषि, वन तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा वैज्ञानिक, वैचारिक तथा प्राविधिक परामर्श, तालिम तथा सहकार्य प्रदान गर्दै आएको छ।

यो संस्था ९ फेब्रुअरी २०१९ मा सिड्नीमा आयोजित औपचारिक कार्यशालामार्फत सम्बन्धित पेशेवर तथा विषय विज्ञहरूको पहलमा स्थापना गरिएको हो। संघको मुख्य उद्देश्य नेपाल र अस्ट्रेलियाबीच वैज्ञानिक ज्ञानको आदान–प्रदान तथा आपसी साझेदारी प्रवर्द्धन गर्नु हो। NEPAFE न्यू साउथ वेल्स (NSW) डिपार्टमेन्ट अफ फेयर ट्रेडिङमा दर्ता भएको संस्था हो र अस्ट्रेलियाभर विभिन्न औपचारिक, शैक्षिक तथा अनुसन्धान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
संस्थाको प्रमुख लक्ष्य नेपाल र अस्ट्रेलियाबीच वैज्ञानिक विचार, अनुसन्धान तथा सहकार्य प्रवर्द्धन गर्दै दुवै देशको आर्थिक समृद्धि र वातावरणीय दिगोपनमा योगदान पुर्याउनु हो। विशेष गरी अस्ट्रेलियाको विज्ञान र प्रविधिसँग समन्वय गर्दै नेपालमा दिगो कृषि, वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्य रहेको छ।
संस्थाका मुख्य उद्देश्यहरू
- नेपालमा वैज्ञानिक अनुसन्धान तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने।
- अस्ट्रेलियामा कृषि, वन तथा वातावरणसँग सम्बन्धित अनुसन्धान र नीति विषयमा वैज्ञानिक बैठक, सेमिनार तथा कार्यशालाहरू सञ्चालन गर्ने।
- अस्ट्रेलिया र नेपालका अनुसन्धान तथा शैक्षिक संस्थाहरूबीच सहकार्य प्रवर्द्धन गर्ने (उच्च शिक्षा, छात्रवृत्ति, छोटो तथा दीर्घकालीन अनुसन्धान साझेदारी, आदान–प्रदान भ्रमण आदि)।
- अस्ट्रेलियामा कृषि, वन वा वातावरण विज्ञान अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूलाई शैक्षिक तथा प्राविधिक परामर्श उपलब्ध गराउने।
- नेपालका इच्छुक विद्यालय, गाउँपालिका तथा नगरपालिकालाई कृषि, वन र वातावरणसँग सम्बन्धित अनुसन्धान, नीति, प्राविधिक सल्लाह तथा तालिम कार्यक्रमहरू उपलब्ध गराउने।
सदस्य किन बन्ने?
NEPAFE ले वातावरण, कृषि, वन तथा प्राकृतिक स्रोत क्षेत्रमा कार्यरत पेशेवर र विद्यार्थीहरूका लागि विशेष व्यावसायिक प्लेटफर्म प्रदान गर्दछ। सदस्यताले व्यावसायिक सञ्जाल विस्तार, समसामयिक जानकारी, तथा नेपाल–अस्ट्रेलियाबीच सहकार्यमा आधारित अनुसन्धान र विकास परियोजनामा संलग्न हुने अवसर उपलब्ध गराउँछ। अस्ट्रेलियामा बसोबास गर्दै नेपालमा वैचारिक वा प्राविधिक योगदान दिन चाहने व्यक्तिहरूका लागि यो संस्था प्रभावकारी माध्यम हो।
तपाईँ पनि यस संस्थासँग जोडिएर वातावरण, कृषि, वन ,प्राकृतिक स्रोतसँग सम्बन्धित क्षेत्रमा जान्न बुझ्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ।
प्रमुख पदाधिकारीहरू
- डा. यकिन्द्र तिमिल्सेना (VIC) – अध्यक्ष
- श्री सुजन न्यौपाने (ACT) – सचिव
वेबसाइट: https://nepafe.org.au/executive-committee/
फेसबुक: NEPAFE
10. Nourish Nation Foundation

Nourish Nation Foundation को उद्देश्य स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु, समुदायको समग्र भलाइ सुनिश्चित गर्नु, तथा पौष्टिक खाना र शैक्षिक कार्यक्रमहरू मार्फत व्यक्तिहरूलाई सशक्त बनाउनु हो। पहुँचयोग्य र स्वस्थ जीवनस्रोतहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै, यस संस्थाले मेलबर्न , Canberra , Sydney, Perth, QLD तथा अन्य क्षेत्रका समुदायहरूलाई लक्षित गरी आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
स्वस्थ, समावेशी र सशक्त समाज निर्माण गर्ने दृष्टिकोणसहित, यो संस्थाले विभिन्न सांस्कृतिक पृष्ठभूमिका व्यक्तिहरूलाई स्वस्थ र दिगो जीवनयापनका लागि आवश्यक ज्ञान, स्रोत र सहयोग उपलब्ध गराउँदै आएको छ। शिक्षा, समुदाय संलग्नता र पौष्टिक खानाको प्रवर्द्धनमार्फत सामाजिक असमानता न्यूनीकरण गर्ने, सांस्कृतिक समझदारी अभिवृद्धि गर्ने र बलियो समुदाय निर्माण गर्ने लक्ष्यसहित संस्था अघि बढिरहेको छ।
संस्थाका मुख्य उद्देश्यहरू
- पौष्टिक तथा सांस्कृतिक रूपमा विविध खानेकुराको प्रवर्द्धन गर्दै समुदायलाई स्वस्थ खानामा संलग्न गराउने अवसरहरू प्रदान गर्ने।
- शैक्षिक कार्यक्रमहरू: कार्यशाला, खाना पकाउने तालिम तथा स्वास्थ्यसम्बन्धी सेमिनारहरू सञ्चालन गरी स्वस्थ खाना, दिगो खाद्य अभ्यास र जीवनशैलीसम्बन्धी ज्ञान प्रदान गर्ने।
- समुदाय सहयोग: स्थानीय संस्थाहरूसँग सहकार्य गर्दै खाद्य असुरक्षा समाधान, मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धन, तथा विविध समुदायमा समावेशिता बढाउने।
यी कार्यक्रम तथा पहलहरूले सांस्कृतिक र भाषिक रूपमा विविध समुदाय, युवा तथा जोखिममा रहेका समूहहरूलाई सशक्त बनाउँदै स्वस्थ, जोडिएको र आत्मनिर्भर जीवनयापनका लागि आवश्यक ज्ञान, सीप र स्रोतहरू प्रदान गर्दछ।
सम्पर्क विवरण
- फोन: 0450 491 976
- इमेल: nourishnation.org@gmail.com
- वेबसाइट: https://nourishnation.org/
प्रमुख पदाधिकारीहरू
- डा. यकिन्द्र तिमिल्सेना – संस्थापक / अध्यक्ष (PhD, Food Science)
- डा. राजु अधिकारी – प्रमुख कार्यकारी अधिकृत (CEO)
- श्री प्रदीप तिमिल्सिना– राज्य संयोजक (ACT)
11. Recycle To Revive

Recycle To Revive संस्थाले पुनःप्रयोग (Recycling) र सर्कुलर अर्थतन्त्र (Circular Economy) का अभ्यासमार्फत वातावरणीय दिगोपन प्रवर्द्धन गर्दै, जोखिममा रहेका समुदायहरूलाई कल्याण, शिक्षा तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमार्फत सहयोग गर्ने उद्देश्य राखेको छ।
यो संस्था यस्तो संसारको परिकल्पना सहित अघि बढिरहेको छ, जहाँ समुदायहरू प्रकृतिसँग सन्तुलनमा फस्टाउँछन् र गरिबी, वातावरणीय अन्याय वा अवसरको अभावका कारण कसैलाई पनि पछाडि पर्नु नपरोस्।
संस्थाका मूल्य–मान्यताहरू
- दिगोपन (Sustainability): स्रोतहरूको जिम्मेवार प्रयोग प्रवर्द्धन गर्दै भविष्यका पुस्ताका लागि वातावरण संरक्षण।
- समानता (Equity): पिछडिएका समुदायलाई शिक्षा, स्वास्थ्य र भलाइमा निष्पक्ष पहुँच सुनिश्चित गर्नु।
- समुदाय सशक्तिकरण (Community Empowerment): आवश्यक सीप, स्रोत र सहयोग उपलब्ध गराई समुदायलाई दिगो परिवर्तनको नेतृत्व गर्न सक्षम बनाउनु।
- वैश्विक एकता (Global Solidarity): स्थानीय रूपमा कार्य गर्दै विश्वव्यापी साझा प्रगतिलाई प्रोत्साहन गर्नु।
मुख्य उद्देश्यहरू
- Recycle for Impact: फोहोर न्यूनीकरण गर्दै समुदायमा सकारात्मक र अर्थपूर्ण प्रभाव सिर्जना गर्नु।
- संकटग्रस्त समुदायलाई सहयोग: खाना, विद्यालय सामग्री, स्वास्थ्य सामग्री तथा आधारभूत जीवनोपयोगी उपकरणहरू उपलब्ध गराउने।
- दिगोपन तथा जलवायु कार्य: सचेतना अभियान र कार्यशालाहरूमार्फत जिम्मेवार विकल्प अपनाउन प्रेरित गर्ने।
- शिक्षा र सशक्तिकरण: विद्यालय कार्यक्रम र स्वयंसेवी गतिविधिहरूमार्फत ज्ञान र नेतृत्व विकास गर्ने।
Recycle to Revive ले क्यानबेरा, मेलबर्न लगायत अन्य स्थानहरूमा १० सेन्ट (10c) बोतल संकलन कार्यक्रम सञ्चालन गरी त्यसबाट प्राप्त रकम विपन्न वर्गको सहयोग तथा वातावरणीय सरसफाइ र जलवायु परिवर्तनसम्बन्धी कार्यहरूमा खर्च तथा अनुदान प्रदान गर्ने जनाएको छ।
संस्थापक तथा पदाधिकारीहरू
- श्री भास्कर रेग्मी – संस्थापक / अध्यक्ष
क्यानबेरा पदाधिकारीहरू:
- श्री सुजन न्यौपाने
- श्री विशाल थापा
- श्री अमृत शर्मा
- श्री रमेश बेलबासे
वेबसाइट: https://recycle2revive.org/about/
संयुक्त गतिविधिहरू
यी तीनै संस्थाहरू अस्ट्रेलियाका विभिन्न स्थानहरू—क्यानबेरा, सिड्नी, मेलबर्न, QLD, WA, दक्षिण अस्ट्रेलिया (SA) र तास्मानिया (TAS)—मा संयुक्त रूपमा वा छुट्टाछुट्टै रूपमा विभिन्न सामाजिक, शैक्षिक, वातावरणीय तथा समुदाय विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
भाग ५ अन्य संस्था लिएर आउनेछौँ
