अस्ट्रेलियाको एआई रणनीति आलोचित : सुरक्षा उपेक्षित भएको विशेषज्ञहरूको आलोचना

१६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लागू

क्यानबेरा —अस्ट्रेलिया 

अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा डिसेम्बर १० देखि पूर्ण प्रतिबन्ध लागू गरेको छ।  यस कदमले बालबालिकालाई मनोवैज्ञानिक दवाब, हानिकारक सामग्री र अनलाइन जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ। अभिभावकलाई अनलाइन सुरक्षा सुनिश्चित गर्न सजिलो हुने तथा बालबालिकाले पढाइ र विकासका लागि बढी समय पाउने सरकारको दाबी छ।

 किशोरका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लागू भएको यही सातादेखि अस्ट्रेलियाले नयाँ राष्ट्रिय एआई नीति सार्वजनिक गरेको छ। तर विशेषज्ञहरूले AI बाट बालबालिका तथा किशोरमाथि पर्न सक्ने मनोवैज्ञानिक र सामाजिक जोखिमलाई पर्याप्त प्राथमिकता नदिएको भन्दै तीव्र आलोचना गरेका छन्।

सरकारले जारी गरेको योजना अघिल्लो वर्ष प्रस्ताव गरिएको अनिवार्य सुरक्षा मापदण्ड र छुट्टै AI  ऐन बनाउने प्रतिबद्धताबाट पछि हटेजस्तो देखिन्छ। नयाँ नीतिले AI कम्पनीहरूलाई कानुनी रूपमा बाध्यकारी नियम नलगाई, विद्यमान कानुनी संरचनामार्फत मात्र नियमन गर्ने बताएको छ। यसै उद्देश्यका लागि Australian Artificial Intelligence Safety Institute नामक संस्था स्थापना गरी उदीयमान एआई उपकरणहरूको परीक्षण तथा जोखिम पहिचान गरिनेछ।

विशेषज्ञहरूका अनुसार नीति आर्थिक वृद्धि, र रोजगारी सिर्जना जस्ता लक्ष्यमा केन्द्रित छ। तर AI ले किशोर र बालबालिकाको मानसिक स्वास्थ्य, भावनात्मक निर्भरता, सिकाइ प्रक्रिया र सामाजिक विकासमा पार्ने प्रभावबारे उल्लेख अत्यन्त सीमित छ। धेरैजसो व्यक्तिगत सल्लाह, भावनात्मक समर्थन तथा सामान्य कुराकानीका लागि AI मा निर्भर भइरहेका छन्, तर विशेषज्ञहरू भन्छन्, यो प्रवृत्ति दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्छ। यससँगै अस्वस्थ सम्बन्ध र दुःखद घटनाहरू पनि घटेको पाइन्छ ।

सरकारले सामाजिक सञ्जाल प्रतिबन्धलाई बाल–सुरक्षाका लागि ठूलो उपलब्धिको रूपमा प्रस्तुत गरे पनि आलोचकहरू भन्छन्—“त्यही किशोरहरूले विकल्पका रूपमा प्रयोग गर्ने AI प्रणाली भने सुरक्षा–संयन्त्रको अभावमा छ।” विशेषज्ञहरूको मूल्यांकन अनुसार एआईले बालबालिकाको सामाजिक सीप, व्यक्तित्व विकास तथा मानवीय सम्बन्धमा गहिरो प्रभाव पारिरहेको छ। उनीहरूको भनाइमा, नीति “उत्पादकत्व”मा केन्द्रित हुँदा संवेदनशील जोखिमहरू ओझेलमा परेका छन्।

Source: Online newsrooms

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *