क्यानबेरास्थित नेपाली राजदूतावासमा देउसी–भैलो कार्यक्रम सम्पन्न

नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले ANFSCAN को आयोजनामा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ।

अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासमा ANFS (अस्ट्रेलियन नेप्लिज फ्रेन्डसिप सोसाइटी अफ क्यानबेरा) को आयोजनामा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना गरिँदै आएको यस कार्यक्रमले अस्ट्रेलियामा नेपाली सांस्कृतिक पहिचानलाई थप जीवन्त बनाउन ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा क्यानबेरामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली समुदायका सदस्यहरू तथा नेपाली राजदूतावास परिवारको सहभागिता रहेको थियो। कार्यक्रमले विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, चाडपर्व र परम्परालाई निरन्तरता दिन तथा नयाँ पुस्तामाझ नेपाली सांस्कृतिक पहिचान हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Most read

  1. Albanese Defends Housing Tax Changes, Says Reforms Aim to Help First Home Buyers
  2. Australia’s new student visa rules block family reunions for many international students
  3. Victorian state election 2026: Enrolment closes on 3 November as voting rules change
  4. NRN Australia–Canberra Urges Nepal to Strengthen Emergency Support and Embassy Accountability-A memorandum to Nepal’s Foreign Minister
  5. PBS Prescription Costs Reduced to $25 for Medicare Card Holders

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *