नीर शाहको मुख्य भूमिका रहने र निरोज श्रेष्ठ निर्माता एवं नवीन घायल कार्यकारी निर्माता ‘हजुरबाले भनेथे’ निर्माण हुँदै,

अस्ट्रेलिया र नेपालको जुम्लामा छायांकन हुने फिल्ममा अस्ट्रेलियास्थित व्यवसायीहरू प्रस्तुतकर्ताका रूपमा जोडिए

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा नयाँ पारिवारिक फिल्म ‘हजुरबाले भनेथे’ निर्माण हुने भएको छ। लक्ष्मीपूजाको अवसरमा घोषणा गरिएको फिल्ममा वरिष्ठ अभिनेता नीर शाह मुख्य भूमिकामा देखिने भएका छन्। उनले फिल्ममा हजुरबाको चरित्र निर्वाह गर्नेछन्।

सुरेश न्यौपानेको निर्देशनमा बन्ने फिल्म सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ। निर्माता शोभित बस्नेतले नीर शाहसँग भेट गरी उनलाई मुख्य भूमिकाका लागि अनुबन्ध गरेका हुन्। फिल्ममा शाहको नातिको भूमिका निर्वाह गर्ने कलाकारको भने टुङ्गो लाग्न बाँकी छ। यस फिल्ममा अस्ट्रेलियास्थित ए टु जेड क्लिनिङ सप्लायर्स सिड्नीको पनि सहभागिता रहनेछ। कम्पनीका तर्फबाट कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया र समीर शाही प्रस्तुतकर्ताका रूपमा रहनेछन्।

निरोज श्रेष्ठ फिल्मका निर्माता रहनेछन् भने नवीन घायलले कार्यकारी निर्माताको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै, हिमाल भण्डारी सहनिर्माताका रूपमा रहनेछन्।

अस्ट्रेलिया र नेपालको जुम्लामा छायांकन

निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी माघ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ। फिल्मको करिब ६० प्रतिशत छायांकन अस्ट्रेलिया र बाँकी ४० प्रतिशत नेपालको जुम्लामा गरिने योजना छ। यससँगै नेपाली चलचित्रमा अस्ट्रेलियाको भौगोलिक तथा सामाजिक परिवेशलाई पनि समेट्ने प्रयास गरिनेछ। फिल्ममा दुई अभिनेता र दुई अभिनेत्री मुख्य भूमिकामा रहनेछन्। अन्य कलाकार तथा प्राविधिक टोलीको विवरण भने आगामी दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

हास्य र पारिवारिक कथामा आधारित

कमेडी तथा पारिवारिक विधामा निर्माण हुन लागेको ‘हजुरबाले भनेथे’ ले पारिवारिक सम्बन्ध, पुस्ताबीचको अन्तरसम्बन्ध र भावनात्मक पक्षलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। ‘परान’ पछि नीर शाह यस फिल्ममा पनि प्रमुख भूमिकामा देखिन लागेका हुन्। नेपाल र अस्ट्रेलियामा छायांकन हुने तयारीले यो फिल्म नेपाली चलचित्रप्रेमीका साथै अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि पनि विशेष चासोको विषय बन्न सक्ने देखिन्छ।

Most read

  1. Albanese Defends Housing Tax Changes, Says Reforms Aim to Help First Home Buyers
  2. Australia’s new student visa rules block family reunions for many international students
  3. Victorian state election 2026: Enrolment closes on 3 November as voting rules change
  4. NRN Australia–Canberra Urges Nepal to Strengthen Emergency Support and Embassy Accountability-A memorandum to Nepal’s Foreign Minister
  5. PBS Prescription Costs Reduced to $25 for Medicare Card Holders

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *