गरिमा विकास बैंक लि., नेपाल सूर्यविनायक शाखाद्वारा वार्षिक उत्सवका अवसरमा SSDRC भक्तपुरलाई सहयोग

भक्तपुर, नेपाल

गरिमा विकास बैंक लिमिटेड, नेपालको १९औँ वार्षिक उत्सवको अवसरमा बैंकको सूर्यविनायक शाखाले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) भक्तपुर शाखामा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रमका अवसरमा बैंकका क्षेत्रीय प्रबन्धक दयाराज अर्याल ज्यू, सूर्यविनायक शाखाका प्रबन्धक श्री देवराज न्यौपाने ज्यू, अपरेसन इन्चार्ज अप्सरा ज्यू, कर्जा इन्चार्ज सुनिल ज्यू लगायतको टोलीले संस्था भ्रमण गरी खाद्यान्न तथा शैक्षिक सामग्रीहरू प्रदान गरेका थिए।

कार्यक्रम सञ्चालन गर्दै शाखा प्रबन्धक श्री देवराज न्यौपाने ज्यूले बैंकको CSR कार्यक्रमअन्तर्गत समाजप्रतिमा जिम्मेवारीसहित गरिएको सहयोगको उद्देश्य र महत्वबारे प्रष्ट पार्नुभयो। यसैगरी क्षेत्रीय प्रबन्धक दयाराज अर्याल ज्यूले गरिमा विकास बैंकको सेवामुखी पहलको प्रशंसा गर्दै समाजसेवाको निरन्तरतामा जोड दिनुभयो।

SSDRC संस्थाकी अध्यक्ष श्री सविता उप्रेतीले संस्थाले प्रदान गर्दै आएका सेवाबारे जानकारी दिँदै बैंक तथा उपस्थित अतिथि सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। गरिमा विकास बैंक सूर्यविनायक शाखा परिवारले दिएको हौसला, साथ–सहयोग र उपस्थितिप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *