Similar Posts
Nepal: A Land of Mountains, Culture, and Adventure- Why Visit Nepal?
ShareWhatsApp (opens in a new tab)Facebook (opens in a new tab)X (opens in a new tab)LinkedIn (opens in a new tab)Email (opens in a new tab)Copy link Nestled in the heart of the Himalayas, Nepal may be small, but it offers an extraordinary mix of natural beauty, rich culture, and warm hospitality. Famous…
पोखरा र कविता -भाग १
ShareWhatsApp (opens in a new tab)Facebook (opens in a new tab)X (opens in a new tab)LinkedIn (opens in a new tab)Email (opens in a new tab)Copy linkगण्डकीपुत्र मेरा आँखाले देखेको पोखरा पानीको शहर , गुफाहरुको शहर , मुक्तकको शहर , तालहरुको शहर । पोखरालाई अनेक नामले चिनिन्छ । पोखरा घुम्ने अवसर पर्खिरहेको थिएँ । एउटा…
Nepal’s Natural Beauty and Cultural Heritage
ShareWhatsApp (opens in a new tab)Facebook (opens in a new tab)X (opens in a new tab)LinkedIn (opens in a new tab)Email (opens in a new tab)Copy linkNestled in the heart of the Himalayas, Nepal is a small nation with an extraordinary array of natural wonders and cultural treasures. Despite its compact size, the country is…
११६ औँ लक्ष्मी जयन्ती कार्यक्रमको भव्य तयारी॥
ShareWhatsApp (opens in a new tab)Facebook (opens in a new tab)X (opens in a new tab)LinkedIn (opens in a new tab)Email (opens in a new tab)Copy linkनाराद आचार्य -अमेरिका अक्टुबर ०६ त्रिवेणी साहित्य मञ्च अमेरिकाले निम्न समय, मिति र स्थानमा ११६ औं लक्ष्मी जयन्ती कार्यक्रमको भव्य रूपमा आयोजन गरेको छ। उक्त समारोहमा यहाँको गरिमामय उपस्थितिको…
Bhalakushari: Starting Conversations in the Community
ShareWhatsApp (opens in a new tab)Facebook (opens in a new tab)X (opens in a new tab)LinkedIn (opens in a new tab)Email (opens in a new tab)Copy link-Artical by Puja Thapa Harrisburg PA January 5th 2026 Bhalakushari: Starting Conversations in the Community Bhalakushari, an endearing Nepali term meaning “casual conversations,” has become a household word among…
केन्द्र न्युज- त्रिवेणी विशेष रचना
ShareWhatsApp (opens in a new tab)Facebook (opens in a new tab)X (opens in a new tab)LinkedIn (opens in a new tab)Email (opens in a new tab)Copy link शीर्षकः अर्जी!!!! भूगोल देखि खगोल सम्म विषाक्त हावा चलेको छ! निस्तेज छन् आकाशका ग्रहहरू निराश-छन् नदि-नाला, समुद्रहरू ताल-तलाउ, झरनाहरू तला-वृक्षहरू फल-फुलहरू प्रकृतिसँग विन्ति छ प्राणपखेरू रक्षार्थ एउटा शुक्ष्म…


अमेरिका २१। नारद आचार्य सुदामा।
जुनकिरी साहित्य समाजले आफ्नो स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा विशेष वार्षिकोत्सव कार्यक्रम भव्य र अर्थपूर्ण रूपमा सम्पन्न गरेको छ । साहित्यिक चेतना, सिर्जनशील ऊर्जा र भावनात्मक सौन्दर्यको अनुपम सङ्गम बनेको उक्त समारोहले सहभागी स्रष्टा–सर्जकहरूलाई गहिरो अनुभूति दिलाएको थियो ।
भर्चुअल माध्यममार्फत भएकाे वार्षिकोत्सवमा संस्थाका अध्यक्ष राजेश भण्डारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम राष्ट्रिय गानको धुनसँगै औपचारिक रूपमा प्रारम्भ भएको थियो । कार्यक्रमको सञ्चालन सलिन विष्टले साहित्यिक मर्यादा र सन्तुलित प्रस्तुतीकरणका साथ प्रभावकारी रूपमा गरेका थिए ।
समारोहमा संस्थाका उपाध्यक्ष नेहा कँडेल, कोषाध्यक्ष नबिन रोकाया लगायत कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वागत मन्तव्यका क्रममा उपाध्यक्ष कँडेलले संस्थाले तय गरेको आगामी कार्यदिशा, साहित्यिक उद्देश्य र दीर्घकालीन यात्राबारे स्पष्ट धारणा प्रस्तुत गर्दै समाजको भावी योजनाबारे प्रकाश पारेकी थिइन् ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा उपस्थित स्रष्टाहरूले आफ्ना विविध विधाका सिर्जनाहरू वाचन गर्दै कार्यक्रमलाई काव्यिक सुगन्धले थप जीवन्त बनाएका थिए । यसै अवसरमा आयोजना गरिएको मुक्तक वाचन प्रतियोगिताको नतिजा अध्यक्षद्वारा सार्वजनिक गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने स्रष्टाहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका प्रमाणपत्र प्रदान गरिएको थियो ।
विशेष सम्मानस्वरूप साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको कदर गर्दै सलिन विष्टलाई ‘उत्कृष्ट सर्जक’ उपाधिसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै कार्यक्रममा सहभागी सम्पूर्ण स्रष्टा तथा सर्जकहरूलाई प्रोत्साहनस्वरूप मायाको चिनो र प्रमाणपत्र वितरण गरिएको थियो ।
अध्यक्ष राजेश भण्डारीको समापन मन्तव्य तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणासँगै औपचारिक सभा विसर्जन गरिएको थियो । जुनकिरी साहित्य समाजको यो प्रथम वार्षिकोत्सवले नेपाली साहित्यको उज्यालो भविष्यप्रति आशा र विश्वास थप बलियो बनाएको छ ।