जेन जेडको  प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीको ऐक्यवद्धता

काठमाडौं, भदौ २२।
नेपालको पछिल्लो पुस्ता (Gen Z) ले भोलि गर्ने घोषणा गरेको स्वस्फूर्त प्रदर्शनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐक्यवद्धता प्रकट गरेको छ।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सरकारको श्रृंखलाबद्ध कुशासन, राज्यशक्तिको दुरुपयोग, तथा स्वतन्त्रता र मौलिक हकहरूमाथि भइरहेको आक्रमणविरुद्ध लामो समयदेखि सदन र सडक दुबै स्थानमा आवाज उठाइरहेको उल्लेख गरिएको छ।

बुर्लाकोटीले जेन जेडले सशक्त ढङ्गले सडकमा आउन लागेको घटनालाई ‘उल्लेखनीय राजनीतिक परिघटना’ को संज्ञा दिँदै यसमा सरकारको प्रतिक्रिया र व्यवहारप्रति पार्टीको गम्भीर निगरानी रहने बताए।

उनले जेन जेडले उठाएका विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार र सत्तापक्षीय दललाई जिम्मेवार बन्न आग्रह गर्दै, प्रदर्शनलाई बिगार्ने, घुसपैठ गर्ने वा दमन गर्ने गतिविधिबाट टाढा रहन खबरदारी गरेका छन्।

यसैगरी, रास्वपाले आफ्ना कार्यकर्ता तथा सम्पूर्ण युवाहरुलाई कुनै दलीय संकेत, नारा वा परिचय प्रयोग नगरी प्रदर्शनमा सहभागी हुन अनुरोध गरेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *