गगन–विश्वसहित तीन नेता पाँच वर्षका लागि निष्कासित, बाँकी नेताहरू पुनः जिम्मेवारीमा फर्किन आह्वान
काठमाडौँ, नेपाल – नेपाली कांग्रेसले पाँच वर्षका लागि निष्कासित महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरबाहेक अन्य सबै नेताहरूलाई आ–आफ्नो पूर्व जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ती तीन नेताको निष्कासन यथावत् राख्ने निर्णय गरेको हो। बैठकले पार्टीभित्र देखिएको विवादलाई व्यवस्थापन गर्ने उद्देश्यले अन्य नेताहरूलाई पुनः जिम्मेवारी सम्हाल्न आग्रह गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।
उनका अनुसार पार्टी अनुशासन उल्लङ्घनको आरोपमा संस्थापन समूहको प्रस्तावअनुसार थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरिएको हो।
Source : kendra Bhag.com
