रास्वपा उम्मेदवारको उम्मेदवारी रद्द, कालोसूचीमा परेको पुष्टि
काठमाडौँ, नेपाल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ। साह धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।
आयोगका अनुसार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेको पुष्टि भएपछि उनको मनोनयन खारेज गरिएको हो। निर्वाचन सम्बन्धी प्रावधानअनुसार वित्तीय अनियमितता वा कानुनी अयोग्यता पुष्टि भएमा उम्मेदवारी रद्द गर्न सकिने व्यवस्था छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले उक्त निर्णय कानुनी प्रक्रिया अनुसार गरिएको बताएका छन्।
नेपालमा बिहीबार मतदान हुने तय भएको छ विभिन्न राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।। उक्त क्षेत्रमा अन्य प्रमुख प्रतिस्पर्धीहरूमा नेकपा एमाले का रामचन्द्र मण्डल, नेपाली कांग्रेस का राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृका प्रसाद यादव रहेका छन्।
