दानबहादुर कार्कीले सम्हाले प्रहरी महानिरीक्षकको पद

दानबहादुर कार्कीले सम्हाले प्रहरी महानिरीक्षकको पद

काठमाडौं —

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। राजधानीस्थित गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाएर प्रहरी प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

कार्की प्रहरी संगठनका ३३औं आईजीपी बनेका हुन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। यसअघि आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश भएका थिए।

दर्ज्यानी चिह्न ग्रहण समारोहमा गृह मन्त्रालयका वरिष्ठ अधिकारी, नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी तथा सुरक्षासम्बन्धी निकायका प्रतिनिधिहरू उपस्थित थिए।
पदभार ग्रहणपछि आईजीपी कार्कीले संगठनलाई व्यावसायिकता, पारदर्शिता र जनमुखी सेवा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *