लेखकद्वय कँडेल र ढकाल को नयाँ कृति सार्वजनिक – आप्रवासीले अमेरिकामा भोगेका चुनौती र अनुभवको समावेशी कथन
बीरबल रोका क्षेत्री, अमेरिका
नेपाली मूलका लेखक नेपालमा विभिन्न तहका पाठ्यपुस्तकहरू लेखिसकेका बेल्भ्यू विश्वविद्यालयअमेरिका बाट Master of Science को उपाधि प्राप्त कृष्ण कँडेल ले आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकामा भोग्ने चुनौती, अवसर र अनुभवहरूलाई समेटेर आफ्नो नयाँ पुस्तक “Diversity and Immigrants” Dream In America बजारमा प्रस्तुत गर्नुभएको छ। नेपालमा विद्यालयका विभिन्न तहका पाठ्यपुस्तकहरू लेखेर पहिचान बनाइसकेका कंडेल ;अमेरिका बसाइँपछि अमेरिकी शैक्षिक र सामाजिक परिवेशमा आधारित तथा यसबाट उत्पन्न चुनौती र अवसरको बारेमा अनुभव साटासाट गर्दै आफ्नो नयाँ पुस्तक लाई एउटा माध्यम बनाउनुभएको छ।
साहित्य, अनुभव र सामाजिक उत्तरदायित्वलाई एउटै उद्देश्यमा जोड्दै लेखक कृष्ण कँडेलले आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकामा सामना गर्ने चुनौती र अवसरमा आधारित आफ्नो नयाँ पुस्तक सार्वजनिक गर्नुभएको छ।


हाल कंडेल Fiserv, Inc. मा अपरेशन्स म्यानेजरका रूपमा कार्यरत हुनुहुन्छ। अमेरिकाको नेब्रास्का नेपाली समाजका अध्यक्ष (२०२०–२०२२) र हाल गैर-आवासीय नेपाली संघ (NRNA) Nebraska Chapter का अध्यक्षका रूपमा उहाँले सामाजिक कार्यमा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ।
पुस्तकका सह-लेखक अश्विन ढकाल, जो मिसौरी विश्वविद्यालयमा Artificial Intelligence र Bioinformatics विषयका Graduate Research Assistant हुनुहुन्छ। विश्वविद्यालयको Nepalese Student Association का अध्यक्ष रहेका ढकालले विद्यार्थी र आप्रवासी समुदायलाई सहयोग समर्थन, अभिव्यक्ति र कल्याणका लागि सधैँ क्रियाशील रहेको समेत पुस्तकमार्फत झल्काउनुभएको छ। पुस्तकले आप्रवासीहरूको जीवनयात्रा कठिनाइ, सपना, सांस्कृतिक अनुकूलन, शिक्षाको प्रभाव, संचारको महत्व तथा अमेरिकी आप्रवासन प्रणालीले प्रदान गर्ने अवसरजस्ता महत्वपूर्ण विषयहरू उजागर गर्ने बताउनुहुन्छ।
उक्त पुस्तकले आप्रवासी यात्राको गहिरो विश्लेषण प्रस्तुत गर्दै सांस्कृतिक एकीकरण, वैदेशिक सपना पूरा गर्नको लागि गर्नुपर्ने संघर्ष, अमेरिकी आप्रवासन व्यवस्थाले प्रदान गर्ने अवसर, शिक्षा र संचारको प्रभाव जस्ता महत्वपूर्ण पक्षहरू उजागर गरेको छ। पुस्तकले आँखा खोल्ने कथा -आप्रवासीको प्रवासमा हुने सङ्घर्ष र व्यवहारिक सन्देशमार्फत पाठकलाई व्यापक सम्बोधन गर्न खोजेको पनि छ।
कंडेलले आफ्नो जन्मभूमिप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिँदै पुस्तक बिक्रीबाट २५% रकम नेपालमा छात्रवृत्ति कोष स्थापना गर्न तथा एक पब्लिक स्कूलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रतिवद्धता समेत जनाउनुभएको छ।
“मेरो उद्देश्य केवल कथा सुनाउनु मात्र होइन, वास्तविक रूपमै जीवनमा परिवर्तन ल्याउन सहयोग पुर्याउनु हो,” कंडेलले थप्नुहुन्छ।
४९.९९ अमेरिकी डलर मूल्य रहेको पुस्तकको भौतिक प्रति सिधै अर्डर गर्न सकिन्छ। इच्छुक पाठकले थप जानकारी वा अर्डरका लागि ४०२–८७१–३५२४ मा सम्पर्क गर्नसक्नुहुनेछ।
कंडेलका अनुसार, पुस्तक सबै उमेरका पाठकलाई आप्रवासी अनुभव, विविधता र अमेरिकी समाजमा आप्रवासीहरूले ल्याउने मूल्यवान योगदानहरूको बारेमा सकेसम्म जानकारीहरू बुझाउन खोजिएको बताउनुभएको छ।
“यो पुस्तक विविधता र सामुदायिक एकताको सार बुझ्न चाहने सबैका लागि एक अत्यन्त महत्त्वपूर्ण कृति हो,” उहाँले थप्नुभयो।
व्यक्तिगत कथन, शोधमूलक दृष्टिकोण र शैक्षिक विश्लेषणको संयोजनको पुस्तकले अमेरिकी समुदायहरूबीच आपसी समझदारी र एकता प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ। सबै पाठकलाई हाम्रो समाजलाई आकार दिने कथाहरूलाई अँगाल्न र शिक्षा तथा अवसर विस्तारको अभियानमा साथ दिन आग्रह गरिएको छ।
सबै कुरा समेटिएको समय सान्दर्भिक पुस्तक तपाईंहरुले पनि एकचोटी पढ्नुपर्ने हुन्छ। जसको लागि तपाईले तल दिएको लिंकमा गई आफ्नो प्रति सुरक्षित राख्न सक्नुहुनेछ।
हाम्रो तर्फबाट पनि लेखक द्वयहरुलाई हार्दिक शुभकामना ;यी र यस्तै कृतिहरू आउँदो दिनमा पनि हाम्रो नेपाली समाज लगायत अन्तर्राष्ट्रिय स्तरमा पनि आउनेछ साथै नेपाल र नेपाली समुदायलाई सकारात्मक सन्देश प्रस्तुत गर्नेछ भन्ने अपेक्षा गर्दछौं।
केन्द्र न्युज अस्ट्रेलिया,
