एनआरएनए अष्ट्रेलियाको प्रवक्तामा अशोक बस्नेत नियुक्त
क्यानबेरा, अष्ट्रेलिया
क्यानबेरामा बसोबास गर्दै आएका अशोक बस्नेत लामो समयदेखि नेपाली समुदायका लागि सक्षम तथा बुलन्द आवाज सहित उदाहरणीय सामुदायिक नेताका रूपमा परिचित छन्। समुदायका मुद्दालाई स्पष्ट, ईमानदार र प्रभावकारी रूपमा प्रस्तुत गर्ने उनको क्षमताले गर्दा बस्नेत प्रति क्यानबेरा लगायत अष्ट्रेलियाभरको नेपाली समुदायमा गहिरो भरोसा रहेको छ।
बस्नेतले एनआरएनए भित्र रहेर यसअघि पनि प्रमुख नेतृत्व भूमिकाहरू सम्हाली उत्कृष्ट योगदान पुर्याएका छन्।
NRNA Deputy Co-ordinator (ACT) (2019-2021)
NRNA Co-Ordinator (ACT) (2021-2023)
NCC Advisor (2023-2025)
यी सबै भूमिकामा बस्नेतले देखाएको कार्यकुशलता, समुदायमाथिको प्रतिबद्धता तथा देखाएका व्यावहारिक दृष्टिले संगठनमा नयाँ ऊर्जा भरेको छ। यही कारणले उनलाई प्रवक्ताको जिम्मेवारी सुम्पिनु संगठनको एक महत्त्वपूर्ण निर्णय रहेको छ।
एनआरएनए अष्ट्रेलियाका पदाधिकारी तथा समुदायका प्रतिनिधिहरूले बस्नेतको मनोनयनलाई स्वागत गर्दै भनेका छन्,
“अशोक बस्नेत समुदायको आवाज बुझ्ने, स्पष्ट रूपमा अभिव्यक्त गर्ने र नेतृत्वलाई सही दिशामा लैजाने योग्य व्यक्तित्व हुन्। उनको नयाँ भूमिकाले एनआरएनए अष्ट्रेलियाको विश्वसनीयता र पहुँच अझै सुदृढ हुनेछ।” सचिव सुवर्ण कुँवर – ANFS, Canberra
प्रवक्ताका रूपमा अशोक बस्नेतले संगठनका नीति–निर्णय, कार्यक्रम तथा समुदाय सम्बन्धी सूचना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। बस्नेतले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक, पारदर्शी रूपमा र समुदायको हितलाई केन्द्रमा राखेर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
