|

चितवन सिड्नी ब्वाइजले नेपाल सम्म पनि सामाजिक सहकार्यको लागि हातेमालो तथा नेपालको पर्यटन, कला, संस्कृति, साहित्यलाई प्रवर्धन

सिड्नी-अस्ट्रेलिया, 

 सामाजिक संस्था चितवन सिड्नी ब्वाइजले केन्द्र न्यूज – त्रिवेणी नेपाल चिनारी कार्यक्रम मा संस्थागत सहकार्य गर्ने निर्णय गरेको छ। यस सहकार्यको उद्देश्य यस कार्यक्रम अन्तर्गत नेपालको भाषा, कला, साहित्य, संस्कृतिलाई प्रवर्धन गर्दै काठमाडौँ स्थित अटिजम भएका बालबालिकाहरूका लागि विशेष विद्यालय तथा पुनर्वास केन्द्र लाई सहयोग रहेको छ। नेपाली समुदायबीच सांस्कृतिक, सामाजिक र शैक्षिक पहिचानलाई प्रवर्द्धन गर्नु र युवा तथा नयाँ पिढ़ीलाई सिर्जनात्मक तथा सामाजिक गतिविधिहरूमा संलग्न गराउनु पनि यस कार्यक्रमको उद्देश्य रहेको छ।

संस्थाका प्रतिनिधिहरूले बताए अनुसार यस सहकार्य मार्फत दुवै पक्षले कार्यक्रम सञ्चालन, ज्ञान आदान–प्रदान र समुदाय निर्माणका कार्यहरूलाई सुदृढ बनाउने योजना तयार पारेका छन्। आगामी महिनाहरूमा विभिन्न सामाजिक कार्यक्रम, कार्यशाला र युवा सहभागिता कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ।

यस संस्थागत सहकार्यले नेपाली समुदायमा नयाँ अवसरहरू सिर्जना गर्ने र दुवै देशका नेपालीहरूलाई एकजुट गर्ने विश्वास व्यक्त गरिएको छ।

केन्द्र न्यूज – त्रिवेणी नेपाल चिनारी कार्यक्रमको विस्तृत जानकारीको लागि 

https://kendranewsaustralia.com.au/triveni-news-au/

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *