नेपाल यूएईमा जारी युनिटी कपमा वेस्ट इन्डिजसँग १० विकेटले पराजित

यूएई – युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ। नेपालले निर्धारित १२३ रनको लक्ष्य राखेको थियो, जसलाई वेस्ट इन्डिजले १२.२ ओभरमै बिना कुनै विकेट गुमाएको पूरा गर्यो।

वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान अमिर जांगुले ४५ बलमा ७४ रन बनाउँदा अकिम अगस्टेले ४१ रन बनाएर खेललाई सजिलो बनाएका थिए।

नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो र १९.५ ओभरमा १२२ रनमा अलआउट भयो। कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। कप्तान रोहित पौडेलले १७ रन, सन्दीप जोराले १४ रन र कुशल मल्लले १२ रन थपे।

वेस्ट इन्डिजका बलर रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। जेदिया ब्लेड्सले २ विकेट लिए भने जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे।

यसअघि नेपालले शृंखलाका पहिलो दुई खेलमा जित हासिल गरेर शृंखला आफ्नो पक्षमा पक्कै गरिसकेको थियो।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *