Bondi Beach मा भएको आक्रमणको एनआरएनए अष्ट्रेलियाद्वारा कडा निन्दा

सिड्नी, अष्ट्रेलिया —

The Non-Resident Nepali Association (NRNA) Australia  ले १४ डिसेम्बर २०२५ मा Bondi Beach मा भएको आतङ्ककारी आक्रमणको कडा निन्दा गरेको छ। उक्त घटनालाई कायर, अर्थहीन र अमानवीय हिंसात्मक कार्यको संज्ञा दिँदै एनआरएनएले निर्दोष नागरिकहरू, पीडित परिवारहरू तथा सम्पूर्ण अष्ट्रेलियाली समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

एनआरएनए अष्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय शोकको यस कठिन घडीमा Bondi  समुदायसँग ऐक्यबद्धता जनाउँदै पीडितहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

विज्ञप्तिमा अष्ट्रेलियन फेडरल प्रहरी, न्यू साउथ वेल्स प्रहरी, घटनास्थलमा रहेका नागरिकहरू तथा आपतकालीन र स्वास्थ्यकर्मीहरूले देखाएको छिटो, साहसी र व्यावसायिक भूमिकाको उच्च प्रशंसा गरिएको छ। सार्वजनिक सुरक्षाका लागि उनीहरूले देखाएको तत्परताले ठूलो क्षति हुनबाट जोगिन मद्दत पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको अभिन्न हिस्सा रहेको नेपाली समुदाय शान्ति, एकता र सामाजिक सद्भावप्रति दृढ रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै एनआरएनए अष्ट्रेलियाले आतङ्कवाद, उग्रवाद र घृणालाई कुनै पनि रूपमा अस्वीकार गरेको छ। साथै, हिंसाविरुद्ध एकजुट, सहनशील र करुणाशील भएर उभिन सम्पूर्ण अष्ट्रेलियाली समाजलाई आह्वान गरिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *