लघुकथाकार लता केसीलाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ प्रदान।

नारद प्रसाद आचार्य सुदामा

अमेरिका

शब्दयात्रा प्रकाशनले भोजपुरकी लघुकथाकार लता केसीलाई २०८२ सालको प्रतिष्ठित ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ प्रदान गरेको छ।

शिक्षण पेशामा आबद्ध रहँदै नेपाली वाङ्मयको उत्थानमा निरन्तर सक्रिय रहनुभएकी केसीलाई लघुकथा विधामा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार समर्पण गरिएको हो। उहाँका ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’ र ‘पाहुर’ जस्ता लघुकथासङ्ग्रहहरूले नेपाली साहित्यमा छुट्टै पहिचान बनाएकि छन्।

पुरस्कार विवरण:

पुरस्कारस्वरूप लता केसीलाई पुष्पमाला, रुद्राक्षमाला, उपहार, शब्दयात्रा पट्ट, अभिवन्दनापत्र र ५ हजार ५ रुपैयाँ नगद प्रदान गरिएको छ।

साहित्यकार अम्बिका धितालले आफ्ना पितामाताको स्मृति र सम्मानमा व्यवस्थापन गर्नुभएको यो पुरस्कार मङ्सिर २७ गते शनिबार पहिलोपटक समर्पण गरिएको हो।

समारोह र अभिवन्दनापत्र:

पुरस्कार समर्पण समारोहमा सहभागी सम्पूर्ण साहित्यप्रेमीहरूका तर्फबाट पुरस्कृत स्रष्टा लता केसीको वाङ्मयिक कीर्ति निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित देवीदेवता तथा पितृहरूसँग प्रार्थना गरिएको अभिवन्दनापत्रमा उल्लेख गरिएको छ।

अभिवन्दनापत्रमा अम्बिका धिताल (पुरस्कार कोष व्यवस्थापक),
निर्मला श्रेष्ठ (चयन समिति सदस्य) र हरि मञ्जुश्री (शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष) को हस्ताक्षर रहेको छ।
हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो।
शब्दयात्रा प्रकाशनप्रति विशेष आभार व्यक्त गर्दै पुरस्कृत स्रष्टा लता केसीलाई साहित्यिक यात्राको निरन्तर सफलताको शुभकामना व्यक्त गरिएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *