सुनिता अधिकारीको पुस्तक लोकार्पण तथा शैलेन्द्र साकार जन्मोत्सव काठमाडौंमा आयोजना हुने
काठमाडौँ , नेपाल
विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा र ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा शैलेन्द्र साकारको जन्मोत्सव तथा साहित्यकार सुनिता अधिकारीको पुस्तक लोकार्पण कार्यक्रम आगामी मङ्सिर २० गते काठमाडौंमा आयोजना हुने भएको छ।

आयोजक संस्थाहरूका अनुसार कार्यक्रम शनिबार दिनको १:०० बजे अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न हुनेछ। साहित्य क्षेत्रका अग्रज स्रष्टा शैलेन्द्र साकारको जन्मदिवसको विशेष उत्सवसँगै साहित्यकार सुनिता अधिकारीको कृति सार्वजनिक गर्न लागिएको हो।
कार्यक्रममा साहित्यिक विधा तथा सिर्जनात्मक योगदानबारे विचार विमर्श, शुभकामना आदान–प्रदान तथा लेखक–साहित्यकारहरूको उपस्थिति रहने आयोजकले जनाएको छ। नेपाली साहित्यका विविध आयामलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्ताको सिर्जनात्मक यात्रालाई ऊर्जा प्रदान गर्ने अपेक्षा लिइएको छ।
